
लण्डन । बेलायतका अर्थ मन्त्री जेरेमी हन्टले आज संसदमा बेलायतको बजेट पेश गरेका छन् ।
बजेटमा ठूलो संख्यामा सर्वसाधारणलाई लाभ दिने गरी न्याशनल इन्स्योरेन्स (एनआइ) मा २ प्रतिशत कटौतीको घोषणा गरिएको छ । सो घोषणाको कार्यान्वयन अर्को महिनाबाट शुरु हुने बताइएको छ ।
वार्षिक २५ हजारदेखि ५० हजार पाउण्ड आम्दानी हुनेहरुलाई नयाँ एनआईको प्रावधानबाट धेरै लाभ पुग्ने बताइएको छ । यसअघिको बजेटमा पनि अर्थमन्त्री हन्टले न्याशनल इन्स्योरेन्समा २ प्रतिशत कटौती गरेका थिए । हन्ट अर्थमन्त्री हुनुपूर्व १२ प्रतिशत न्याशनल इन्स्योरेन्स तिर्नुपर्नेमा अब अर्को महिनादेखि ८ प्रतिशत मात्र तिरे पुग्छ । सरकारले दुईपटक गरिएको न्याशनल इन्स्योरेन्स कटौतीबाट प्रतिपरिवार करिब ९५० पाउण्डसम्म वचत हुने अनुमान गरेको छ ।
बजेटको अर्को महत्वपूर्ण घोषणा बेलायतमा बसोबास गर्ने गैरबेलायती नागरिकले बेलायत बाहिर सञ्चालन गरेको व्यापारमा कर नतिर्ने प्रावधान (नन डम) लाई खारेज गरिएको छ । यसबाट सरकारलाई २.७ बिलियन पाउण्ड कर संकलन हुने बताइएको छ । बेलायतमा नयाँ बसोबास गर्न आउने तर बेलायत बाहिर व्यापार गर्नेहरुलाई भने शुरुको चार वर्षसम्म बेलायतबाहिर सञ्चालन हुने व्यापारमा कर तिर्नपर्ने छैन ।
बजेटमा बालबच्चाको स्याहारका लागि वार्षिक ६० हजार पाउण्डसम्म आय भएकाहरुले पाउने बनाइएको छ । यसअघि सो हदबन्दी ५० हजार पाउण्ड थियो ।
यसवर्ष बेलायतको अर्थतन्त्र शून्य दशमलव ८ प्रतिशत र अर्को वर्ष १.९ प्रतिशत बढ्ने प्रक्षेपण गरिएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण