
लण्डन । नेपाली जनप्रगतिशील मन्च बेलायतको अध्यक्षमा बिमला लिम्बू निर्वाचित हुनुभएको छ ।
मन्चको आइतबार अल्डरसटमा सम्पन्न पाँचौँ अधिवेसनले आगामी दुई वर्षे कार्यकालका लागि लिम्बुको नेतृत्वमा सर्वसम्मतरूपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा फूलप्रसाद कँडेल, कपिल श्रेष्ठ, हरि पौडयाल र अरुण थापा, महासचिवमा कृष्ण खनाल, सचिवमा कपिल राई र हरि अर्याल, कोषाध्यक्षमा माया केसी र सहकोषाध्यक्षमा बीर बलाल रहेका छन् । सदस्यहरूमा भीम राई, कृति भट्टराई, बिना लिम्बु, गंगा गुरुङ, जीत गिरी, दीपक गुरुङ, खड्गप्रसाद लिम्बु, रचना राई, रूद्रलाल गैरे, कर्ण रावत, विष्णुमाया राई र मनिका राई चुनिएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक मेजर रिटायर्ड योगेश राईले प्रमाणपत्र वितरण गर्नुका साथै सपथ गराएका थिए । यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णकुमार राई, युरोप समितिका कार्यबाहक अध्यक्ष रणबहादुर केसी, प्रवास समन्वय समितिका सदस्य सुरेन्द्र श्रेष्ठ र निवर्तमान अध्यक्ष मानबहादुर गुरुङले शुभकामना दिएका थिए । त्यस्तै नवनिर्वाचित अध्यक्ष बिमला लिम्बूले प्रतिवद्धता मन्तब्य दिएकी थिइन् ।
नयाँ कार्यसमिति चयनका लागि मेजर रिटायर्ड योगेश राईको संयोजकत्वमा राममणि रिजाल र नरेश खपाङ्गीमगर रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
यसअघि अध्यक्ष मानबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन सत्रमा
स्वागत मन्तब्य उपाध्यक्ष शेरसिंह ठकुरीले दिएका थिए भने शुभकामना मन्तब्य दिनेहरूमा सल्लाहकार कर्मा पहाडी शेर्पा, प्रवास समन्य समितिका सदस्यहरू सुरेन्द्र श्रेष्ठ र राममणि रिजाल, नेपाली समाज बेलायतका अध्यक्ष कमल राई, युरोप समितिका कार्यबाहक अध्यक्ष रणबहादुर केसी लगायत रहेका थिए ।
प्रवास समन्वय कमिटीका अध्यक्ष ओम शर्माले पठाएको शुभकामना मन्तब्य सचिव कृष्ण खनालबाट वाचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णकुमार राईले नेपालको संघीय संसदमा गोरखा भूतपूर्व सैनिकहरूको सहभागिता हुनुपर्ने माग गरे । नेपाल सरकार र बेलायत सरकारबीच गोरखाहरूका बारेमा मार्च २७ मा हुने मन्त्रीस्तरीय वार्तामा परराष्ट्र मन्त्री एनपी साउदलाई पठाउन पनि माग गरे ।
उद्घाटन कार्यक्रमको सन्चालन महासचिव विमला लिम्बुले गरेकी थिइन् ।
उद्घाटन सत्र पछि भएको बन्दसत्रमा आर्थिक प्रतिवेदन कोषाध्यक्ष कपिल श्रेष्ठ,
सांगठानिक प्रतिवेदन विमला लिम्बु र राजनीतिक प्रतिवेदन अध्यक्ष मानबहादुर गुरुङले पेश गरेका थिए ।
महिला टि-२० विश्वकप: क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श