
लण्डन । नेपाली जनप्रगतिशील मन्च बेलायतको अध्यक्षमा बिमला लिम्बू निर्वाचित हुनुभएको छ ।
मन्चको आइतबार अल्डरसटमा सम्पन्न पाँचौँ अधिवेसनले आगामी दुई वर्षे कार्यकालका लागि लिम्बुको नेतृत्वमा सर्वसम्मतरूपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा फूलप्रसाद कँडेल, कपिल श्रेष्ठ, हरि पौडयाल र अरुण थापा, महासचिवमा कृष्ण खनाल, सचिवमा कपिल राई र हरि अर्याल, कोषाध्यक्षमा माया केसी र सहकोषाध्यक्षमा बीर बलाल रहेका छन् । सदस्यहरूमा भीम राई, कृति भट्टराई, बिना लिम्बु, गंगा गुरुङ, जीत गिरी, दीपक गुरुङ, खड्गप्रसाद लिम्बु, रचना राई, रूद्रलाल गैरे, कर्ण रावत, विष्णुमाया राई र मनिका राई चुनिएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक मेजर रिटायर्ड योगेश राईले प्रमाणपत्र वितरण गर्नुका साथै सपथ गराएका थिए । यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णकुमार राई, युरोप समितिका कार्यबाहक अध्यक्ष रणबहादुर केसी, प्रवास समन्वय समितिका सदस्य सुरेन्द्र श्रेष्ठ र निवर्तमान अध्यक्ष मानबहादुर गुरुङले शुभकामना दिएका थिए । त्यस्तै नवनिर्वाचित अध्यक्ष बिमला लिम्बूले प्रतिवद्धता मन्तब्य दिएकी थिइन् ।
नयाँ कार्यसमिति चयनका लागि मेजर रिटायर्ड योगेश राईको संयोजकत्वमा राममणि रिजाल र नरेश खपाङ्गीमगर रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
यसअघि अध्यक्ष मानबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन सत्रमा
स्वागत मन्तब्य उपाध्यक्ष शेरसिंह ठकुरीले दिएका थिए भने शुभकामना मन्तब्य दिनेहरूमा सल्लाहकार कर्मा पहाडी शेर्पा, प्रवास समन्य समितिका सदस्यहरू सुरेन्द्र श्रेष्ठ र राममणि रिजाल, नेपाली समाज बेलायतका अध्यक्ष कमल राई, युरोप समितिका कार्यबाहक अध्यक्ष रणबहादुर केसी लगायत रहेका थिए ।
प्रवास समन्वय कमिटीका अध्यक्ष ओम शर्माले पठाएको शुभकामना मन्तब्य सचिव कृष्ण खनालबाट वाचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णकुमार राईले नेपालको संघीय संसदमा गोरखा भूतपूर्व सैनिकहरूको सहभागिता हुनुपर्ने माग गरे । नेपाल सरकार र बेलायत सरकारबीच गोरखाहरूका बारेमा मार्च २७ मा हुने मन्त्रीस्तरीय वार्तामा परराष्ट्र मन्त्री एनपी साउदलाई पठाउन पनि माग गरे ।
उद्घाटन कार्यक्रमको सन्चालन महासचिव विमला लिम्बुले गरेकी थिइन् ।
उद्घाटन सत्र पछि भएको बन्दसत्रमा आर्थिक प्रतिवेदन कोषाध्यक्ष कपिल श्रेष्ठ,
सांगठानिक प्रतिवेदन विमला लिम्बु र राजनीतिक प्रतिवेदन अध्यक्ष मानबहादुर गुरुङले पेश गरेका थिए ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा