
लण्डन । गुरुङ सोसाईटी केन्ट यूकेले सन् २०२४ को नोभेम्बर महिनामा गुरुङहरूको ऐतिहासिक थलो क्होलासोथरको अवलोकन भ्रमण गर्ने भएको छ ।
शनिबार समाजका अध्यक्ष क्याप्टेन रिटायर्ड डोलबहादुर गुरुङको अध्यक्षतामा आशफोर्डस्थित सेन्ट फ्रान्सिस कम्युनिटी (बिहिबारे) हलमा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
फूलै फूलको बगैचा भनेर चिनिने बेलायतको अत्यन्तै सुन्दर ठाउँ केन्टमा बसोबासरत तमू (गुरुङ) हरु बीच आपसी एकता, सद्भाव एवं सम्बन्धलाई अभिवृद्धि गर्दै आफ्नो मौलिक भाषा, भेषभूषा, संस्कार र संस्कृतिको संरक्षण र सम्वर्धन गर्नका लागि सो बैठक कफी मोर्निङ कार्यक्रमका रूपमा आयोजना गरिएको थियो ।
कार्यक्रममा समाजको विधान संशोधन विषयमा गहिरो छलफल पछि समाजले तमू (गुरुङ)हरुको धार्मिक, साँस्कृतिक एवं सामाजिक महत्त्व बोकेको ऐतिहासिक थलो क्होलासोथरको अवलोकन भ्रमणमा जान तयारी गरिरहेको बारे जानकारी गराइएको थियो ।
क्होलासोथर र वरिपरिका गुरुङ गाउँहरुबारे तयार पारिएको क्होलासोथर भ्रमणको योजनाबारे महासचिव तोरण गुरुङले पावर पोइन्टद्वारा विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष गोलमान गुरुङ र दोश्रो उपाध्यक्ष ममता गुरुङले समाजका जेष्ठ नागरिकदेखि युवायुवतीहरुलाई तमू (गुरुङ)हरुको मातृभाषा (तमू क्युई) कक्षा सञ्चालन गरे ।
साथै, जेष्ठ नागरिकहरुलाई मध्यनजर राख्दै स्थानीय क्षेत्रमै रहेको ऐतिहासिक एवं सुन्दर ठाउँहरुको अबलोकन भ्रमणका बारेमा पनि जानकारी गराए ।
कार्यक्रमको अन्तमा समाजका अध्यक्ष क्याप्टेन रिटायर्ड डोलबहादुर गुरुङले आफ्नो मौलिक संस्कार, संस्कृति, भाषा र भेषभूषालाई जीवन्त राख्न अभिभावकहरुले आफ्नो छोराछोरीहरुलाई प्रोत्साहन गर्न जोड दिँदै कार्यक्रममा सहभागी सबैलाई समाजको तर्फबाट धन्यवाद दिए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’