
लण्डन । गुरुङ सोसाईटी केन्ट यूकेले सन् २०२४ को नोभेम्बर महिनामा गुरुङहरूको ऐतिहासिक थलो क्होलासोथरको अवलोकन भ्रमण गर्ने भएको छ ।
शनिबार समाजका अध्यक्ष क्याप्टेन रिटायर्ड डोलबहादुर गुरुङको अध्यक्षतामा आशफोर्डस्थित सेन्ट फ्रान्सिस कम्युनिटी (बिहिबारे) हलमा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
फूलै फूलको बगैचा भनेर चिनिने बेलायतको अत्यन्तै सुन्दर ठाउँ केन्टमा बसोबासरत तमू (गुरुङ) हरु बीच आपसी एकता, सद्भाव एवं सम्बन्धलाई अभिवृद्धि गर्दै आफ्नो मौलिक भाषा, भेषभूषा, संस्कार र संस्कृतिको संरक्षण र सम्वर्धन गर्नका लागि सो बैठक कफी मोर्निङ कार्यक्रमका रूपमा आयोजना गरिएको थियो ।
कार्यक्रममा समाजको विधान संशोधन विषयमा गहिरो छलफल पछि समाजले तमू (गुरुङ)हरुको धार्मिक, साँस्कृतिक एवं सामाजिक महत्त्व बोकेको ऐतिहासिक थलो क्होलासोथरको अवलोकन भ्रमणमा जान तयारी गरिरहेको बारे जानकारी गराइएको थियो ।
क्होलासोथर र वरिपरिका गुरुङ गाउँहरुबारे तयार पारिएको क्होलासोथर भ्रमणको योजनाबारे महासचिव तोरण गुरुङले पावर पोइन्टद्वारा विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष गोलमान गुरुङ र दोश्रो उपाध्यक्ष ममता गुरुङले समाजका जेष्ठ नागरिकदेखि युवायुवतीहरुलाई तमू (गुरुङ)हरुको मातृभाषा (तमू क्युई) कक्षा सञ्चालन गरे ।
साथै, जेष्ठ नागरिकहरुलाई मध्यनजर राख्दै स्थानीय क्षेत्रमै रहेको ऐतिहासिक एवं सुन्दर ठाउँहरुको अबलोकन भ्रमणका बारेमा पनि जानकारी गराए ।
कार्यक्रमको अन्तमा समाजका अध्यक्ष क्याप्टेन रिटायर्ड डोलबहादुर गुरुङले आफ्नो मौलिक संस्कार, संस्कृति, भाषा र भेषभूषालाई जीवन्त राख्न अभिभावकहरुले आफ्नो छोराछोरीहरुलाई प्रोत्साहन गर्न जोड दिँदै कार्यक्रममा सहभागी सबैलाई समाजको तर्फबाट धन्यवाद दिए ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण