
लण्डन । बेलायत गत वर्ष आर्थिक मन्दीमा गएको औपचारिक रुपमा पुष्टि भएको छ ।
अफिस फर न्यानशल स्ट्याटिटिक्स (ओएनएस) ले विहीबार सार्वजनिक गरेको तथ्यांकले बेलायतको अर्थतन्त्र गत वर्षको पछिल्ला दुई त्रैमासिकमा ऋणात्मक वृद्धिमा गएको देखिएको छ ।
तथ्यांकअनुसार सेप्टेम्बरदेखि डिसेम्बर महिनाको अवधिमा बेलायतको अर्थतन्त्र ०.३ प्रतिशतले खुम्चिएको पाइएको छ । जबकि अर्थशास्त्रीहरुले सो अवधिमा ०.१ प्रतिशतले अर्थतन्त्र खुम्चन सक्ने अनुमान गरेका थिए ।
यसअघिको त्रैमासिकमा पनि बेलायतको अर्थतन्त्र ०.१ प्रतिशतले खुम्चिएको थियो ।
लगातार दुई त्रैमासिक अर्थतन्त्र खुम्चिएमा त्यस्तो अर्थतन्त्र आर्थिक मन्दीमा गएको मानिन्छ ।
यसअघि सन् २०२० मा कोरोना महामारीको बेला बेलायतको अर्थतन्त्र आर्थिक मन्दीमा गएको थियो भने त्यसअघि सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीमा पनि बेलायतको अर्थतन्त्र मन्दीमा गएको थियो । जसबाट उत्रन बेलायतलाई पाँच वर्ष लागेको थियो ।
आर्थिक मन्दीको औपचारिक तथ्यांक सार्वजनिक भएपछि अब बैँक अफ इंग्ल्याण्डले न्यूनतम ब्याजदर पनि छिट्टै घटाउने अनुमान गरिएको छ ।
३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता