
लण्डन । बेलायत गत वर्ष आर्थिक मन्दीमा गएको औपचारिक रुपमा पुष्टि भएको छ ।
अफिस फर न्यानशल स्ट्याटिटिक्स (ओएनएस) ले विहीबार सार्वजनिक गरेको तथ्यांकले बेलायतको अर्थतन्त्र गत वर्षको पछिल्ला दुई त्रैमासिकमा ऋणात्मक वृद्धिमा गएको देखिएको छ ।
तथ्यांकअनुसार सेप्टेम्बरदेखि डिसेम्बर महिनाको अवधिमा बेलायतको अर्थतन्त्र ०.३ प्रतिशतले खुम्चिएको पाइएको छ । जबकि अर्थशास्त्रीहरुले सो अवधिमा ०.१ प्रतिशतले अर्थतन्त्र खुम्चन सक्ने अनुमान गरेका थिए ।
यसअघिको त्रैमासिकमा पनि बेलायतको अर्थतन्त्र ०.१ प्रतिशतले खुम्चिएको थियो ।
लगातार दुई त्रैमासिक अर्थतन्त्र खुम्चिएमा त्यस्तो अर्थतन्त्र आर्थिक मन्दीमा गएको मानिन्छ ।
यसअघि सन् २०२० मा कोरोना महामारीको बेला बेलायतको अर्थतन्त्र आर्थिक मन्दीमा गएको थियो भने त्यसअघि सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीमा पनि बेलायतको अर्थतन्त्र मन्दीमा गएको थियो । जसबाट उत्रन बेलायतलाई पाँच वर्ष लागेको थियो ।
आर्थिक मन्दीको औपचारिक तथ्यांक सार्वजनिक भएपछि अब बैँक अफ इंग्ल्याण्डले न्यूनतम ब्याजदर पनि छिट्टै घटाउने अनुमान गरिएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण