लन्डन । नेपालमा सम्भवतः धेरै पढिएका र पूजिएका ग्रन्थ हुन् महाभारत र रामायण । यी दुवै कृतिका कहानीहरु प्रायलाई थाह छ । यी किताब पढ्ने या ढोग्ने काम बाहेक यसका कहानी, पात्र, लेखक आदिको खोजी नेपाली साहित्यमा धेरै कम भएको छ । त्यसैले यी दुवै महान ग्रन्थका लेखक बाल्मिकी र ब्यासबारे लेखिएको आफ्नो प्रकाशोन्मुख कृति ‘बाल्मिकी र ब्यासको तुलना’ बारे साहित्यकार डा. देवी सुबेदीले लण्डनमा आयोजित एक अन्तरक्रियामा धेरै खुलासा गरेका छन् ।
‘मैले नेपाली, संस्कृत, अंग्रेजी, हिन्दी भाषाका करिब दुई सय पुस्तक अध्ययन गरेर ६ सय पेज भन्दा लामो यो खोजमुलक किताब तयार पारेको हुं । महाभारत र रामायण जस्ता उच्च साहित्य लेख्ने बाल्मिकी र ब्यासबारे के कस्तो फरक छ र अलग अलग समयमा लेखिएको यी ग्रन्थहरुका स्रस्टाहरुबारे अनुसन्धान गरि कलम चलाएको हुं’, सप्ताहन्त प्रफुल्ल मुद्रामा आफना भनाइ सुनाइरहेका थिए डा. सुबेदी ।
पूर्वीय साहित्यका मुर्धन्य व्यक्तित्व मदनमणि दिक्षितले भूमिका लेखेको यस कृतिमा रामायण र महाभारततिरको समय कस्तो थियो ? कथाहरु यथार्थ हो कि होइनन् ? उल्लेखित पात्रहरु थिए थिएनन् ? विषयवस्तुहरु कत्तिको सत्यतामा आधारित हुन् ? यी सबै प्रश्नहरुको उत्तर खोज्ने प्रयास किताबले गरेको जिकिर डा. सुबेदीको छ ।
अन्तर्राष्ट्रिय बांग्मय प्रतिष्ठान बेलायतले गरेको उक्त अन्तरक्रियामा प्रतिष्ठानका कोषाध्यक्ष गोपी सापकोटाले डा देवी सुबेदीको लामो साहित्यिक यात्राको सक्षिप्त परिचय दिएका थिए । प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्यले यस्ता ज्ञानवर्धक किताब तयार पारेकामा लेखलाई बधाई दिंदै नेपालबाट बेलायत आउने साहित्यकारहरुसंग भेटेर ज्ञान र अनुभव सुन्न पाउंदा खुशी लागको बताए । साथै उनले कृतिको सफलताको कामना समेत गरे ।
प्रतिस्थानकी महासचिव जया राईले नेपालमा गएको विनासकारी भूकम्पमा गरि भएको धनजनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
वेम्ली तन्दुरी रेष्टुरेन्टमा आयोजित कार्यक्रममा दीर्घ शिक्षासेवी कृष्ण ढकाल, गोरखाली समाजका अक्ष्यक्ष भरत रोका, समाजसेवी ध्रुव केसी, फोटो पत्रकार एभरेष्ट गौतम, पत्रकार मिलन वाग्ले, समाजसेवी अशोक ढकाल, अभानिश सुबेदी लगायत साहित्यप्रेमीहरुको उपस्थिति थियो । कार्यक्रम सफल बनाउन बरिष्ठ समाजसेवी ध्रुव केसीको उदारता सम्झन योग्य रह्यो ।
लमजुंगमा जन्मेर धेरै वर्ष प्राध्यापनमा बिताएका डा. सुबेदीले बालकृष्ण समको संयोगान्त नाटकमा विद्यावारिधि गरेका छन् । यिनका १२ भन्दा बढी कृति प्रकाशित भइसकेका छन् ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च