
लण्डन । बेलायतले आप्रवासी नियन्त्रणका लागि ल्याएको नयाँ अध्यागमन नीति लागू गर्ने तिथि निर्धारण गरेको छ ।
बेलायतका गृह मन्त्री जेम्स क्लिभर्लीले नयाँ नीति मध्ये केयर वर्करहरुलाई आफ्ना जीवनसाथी र आश्रित परिवारका सदस्यहरु ल्याउन मार्च ११ तारिखदेखि रोक लगाइने छ ।
त्यसैगरी, दक्ष कामदार (स्किल्ड वर्कर) भिसामा बेलायत आउन चाहनेहरुका लागि वार्षिक न्यूनतम तलव २६ हजार २०० पाउण्डबाट बढाएर ३८ हजार ७०० पाउण्ड पुर्याउने नीति अप्रिल ४ तारिखबाट कार्यान्वयन गरिने छ ।
बेलायती नागरिकहरु वा बेलायतको आवासीय अधिकार पाइसकेकाहरुले बेलायत बाहिरबाट आफ्नो जीवनसाथी वा परिवारका आश्रित सदस्यहरुलाई बेलायतको आवासीय अधिकारसहितको भिसा आवेदन गर्न वार्षिक आम्दानी २९ हजार पाउण्ड हुनुपर्ने नीति अप्रिल ११ तारिखबाट लागू हुनेछ । यसअघि वार्षिक १८ हजार ६०० पाउण्ड तलब भए आफ्नो पार्टनरलाई बेलायत ल्याउन पाउने प्रावधान रहेको थियो । सरकारले यसैवर्षको अन्त्यसम्ममा सो आय ३४ हजार ५०० पाउण्ड पुर्याउने र अर्को वर्ष ३८ हजार ७०० पाउण्ड पुर्याउने योजना बनाएको छ ।
यस्तैगरी बेलायतमा बसोबास वा अध्ययनका लागि आउनेहरुले अब स्वास्थ्य सेवावापत तिर्नुपर्ने शुल्क पनि ६६ प्रतिशतले वृद्धि गरिएको छ । यही फेब्रुअरी ६ तारिखदेखि लागू हुने नयाँ शुल्कअनुसार इमिग्रेसन हेल्थ सरचार्ज प्रतिव्यक्ति १ हजार ३५ पाउण्ड बनाइएको छ । यसअघि सो शुल्क ६२४ पाउण्ड रहेको थियो ।
बेलायती गृह मन्त्री जेम्स क्लिभर्लीले ४ डिसेम्बरमा आप्रवासीको संख्या घटाउन पाँच बुँदे नयाँ अध्यागमन नीति घोषणा गरेका थिए भने २१ डिसेम्बरमा पूर्व घोषित नीतिमा केही परिवर्तन गरिएको थियो ।
केहीले सरकारले ल्याएको नयाँ प्रावधान संसदमा मतदान नगरी लागू गरिन लागेकोले कार्यान्वयन नहुने जिकिर गरे पनि बेलायतको कानुनी प्रावधान अनुसार सरकारले ल्याएको सो अध्यागमन नीतिमा फेरबदल हाउस अफ कमन्स वा हाउस अफ लर्डले ४० दिनभित्रमा खारेज नगरेमा कार्यान्वयन हुनेछ । यदि कसैले संसदमा सो फेरबदलमाथि मतदानको प्रस्ताव दर्ता गराए पनि सरकार सो प्रस्तावमाथि मतदान गराउन बाध्य हुने छैन ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार