लण्डन । बेलायतको स्कटल्याण्ड राज्यको एबरडीनमा सोमबार भएको आगलागीमा परी नेपाली दिदीबहिनीको निधन भएको छ ।
सोमबार साँझ करिब ६ बजे ब्ल्याक हिल्टन रोडमा लागेको सो आगलागीमा परी शिक्षा सुवेदी र आँचल सुवेदीको घटनास्थलमै निधन भएको हो ।
स्थानीय एबरडीन लाइभका अनुसार शिक्षाको उमेर २४ वर्ष रहेको छ भने आँचल २८ वर्ष भएको बताइएको छ ।आँचल पेशाले इन्जीनियर र शिक्षा आइटी अध्ययन गरी क्यान अफसोरमा कार्यरत थिइन् ।
सो आगलागीमा परेका अरु पाँच जना भने उपचारपछि घर फर्किसकेको बताइएको छ ।
सुवेदी दिदीबहिनी डा. यज्ञ सुवेदीको छोरीहरु हुन् । डा. सुवेदी पोखरा विश्वविद्यालयका पूर्व प्राध्यापक तथा परीक्षा नियंत्रक पनि हुन् ।
घटनाको बारेमा स्कटल्याण्ड प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
प्रहरीले सोमबार साँझ करिब ६ बजे आगलागीका बारेमा जानकारी पाएको र एम्बुलेन्स, दमकल लगायत आकस्मिक सेवाका १४ वटा साधन त्यहाँ परिचालित भएको बताएको छ । राति करिब ९ बजे आकस्मिक सेवा त्यहाँबाट फर्किएको बताइएको छ । घटनाको बारेमा थप जानकारी दिँदै एबरडिनस्थित नेपलिज हिमालयन एसोसिएसनका अध्यक्ष डा शिव तिवारीले आगलागी सुवेदी दिदीबहिनी बस्ने फ्लाटभन्दा मुनी विपरीत तर्फको फ्लाटबाट शुरु भएको बताउनुभयो । सुवेदी दिदीबहिनी दोस्रो तल्लामा बस्थे भने आगलागी पहिलो तल्लामा शुरु भएको थियो ।
आगलागी भएको थाहा पाएपछि दिदीबहिनी आफ्नो फ्लाटको ढोका बन्द गरी बाहिर निस्कन खोज्दा भर्याङमै धुँवाको मुस्लोमा परी निस्सासिएर उनीहरूको मृत्यु भएको आशङ्का गरिएको छ । दुवैजनाको शरीरमा कतै जलेको पनि नपाइएको पनि डा तिवारीले जानकारी दिनुभयो ।
डा यज्ञ सुवेदीका तीन छोरीमध्ये जेठी विवाह भएर अलग्गै बस्थिन् भने दुई दिदीबहिनी बाबाआमाबाट करिब १० मिनेटको दुरीमा रहेको सो फ्लाटमा बस्ने गर्थे ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण