
लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले सन् २०२३ को फोनिज युके पत्रकारिता पुरस्कार पत्रकार संगीता चेपाङलाई र सम्मान पत्रकार दिपेन राईलाई प्रदान गर्ने भएको छ ।
पुरस्कार छनौट समितिका संयोजक तथा फोनिज युकेका प्रमुख सल्लाहकार मेजर रिटायर्ड सोनामछिरिङ शेर्पाको संयोजकत्वमा यही जनवरी २६ मा बसेको छनौट समितिको बैठकले सो निर्णय गरेको हो ।
छनौट समितिमा निवर्तमान अध्यक्ष गोमा राना, पूर्व अध्यक्ष प्रमिला लाबुङ राई र वर्तमान अध्यक्ष बम थापा सूर्यवंशीमगर सदस्य रहेका थिए ।
पुरस्कार पाउनुहुने चेपाङ इच्छाकामना एफएम चितवनमा कार्यक्रम प्रस्तोता र समाचारवाचिका हुनुहुन्छ भने दिपेन राई झापाबाट प्रकाशन हुने यलम्बर टाइम्स र लोकतन्त्र दैनिकका सम्पादक तथा प्रकाशक हुनुहुन्छ ।
फोनिज युकेका अध्यक्षले उहाँहरुलाई नेपालमा एक समारोहबीच पुरस्कृत गर्नका लागि समन्वय गर्ने बताइएको छ ।
फोनिज युकेले विगत केही वर्षदेखि हरेक वर्ष नेपालका एक अग्रज जनजाति पत्रकारलाई सम्मान र युवा पत्रकारलाई पुरस्कार दिँदै आइरहेको छ ।
पुरस्कार र सम्मानको राशी २५/२५ हजार रुपियाँ र सम्मानपत्र रहेको छ ।
यसअघि सो पुरस्कार र सम्मान गोपाल छाङ्छा राई, रामविकास चौधरी, गणेशमान गुरुङ, मिलन लिम्बु, शान्ति गुरुङ, सन्त गाहामगर, राजेश चाम्लिङ, टेकराज थामी, टीकाराम प्रधान, निलिफा सुब्बा, रमिता लामा र नृपेन्द्रलाल श्रेष्ठलाई प्रदान गरिसकिएको छ ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा