
लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले सन् २०२३ को फोनिज युके पत्रकारिता पुरस्कार पत्रकार संगीता चेपाङलाई र सम्मान पत्रकार दिपेन राईलाई प्रदान गर्ने भएको छ ।
पुरस्कार छनौट समितिका संयोजक तथा फोनिज युकेका प्रमुख सल्लाहकार मेजर रिटायर्ड सोनामछिरिङ शेर्पाको संयोजकत्वमा यही जनवरी २६ मा बसेको छनौट समितिको बैठकले सो निर्णय गरेको हो ।
छनौट समितिमा निवर्तमान अध्यक्ष गोमा राना, पूर्व अध्यक्ष प्रमिला लाबुङ राई र वर्तमान अध्यक्ष बम थापा सूर्यवंशीमगर सदस्य रहेका थिए ।
पुरस्कार पाउनुहुने चेपाङ इच्छाकामना एफएम चितवनमा कार्यक्रम प्रस्तोता र समाचारवाचिका हुनुहुन्छ भने दिपेन राई झापाबाट प्रकाशन हुने यलम्बर टाइम्स र लोकतन्त्र दैनिकका सम्पादक तथा प्रकाशक हुनुहुन्छ ।
फोनिज युकेका अध्यक्षले उहाँहरुलाई नेपालमा एक समारोहबीच पुरस्कृत गर्नका लागि समन्वय गर्ने बताइएको छ ।
फोनिज युकेले विगत केही वर्षदेखि हरेक वर्ष नेपालका एक अग्रज जनजाति पत्रकारलाई सम्मान र युवा पत्रकारलाई पुरस्कार दिँदै आइरहेको छ ।
पुरस्कार र सम्मानको राशी २५/२५ हजार रुपियाँ र सम्मानपत्र रहेको छ ।
यसअघि सो पुरस्कार र सम्मान गोपाल छाङ्छा राई, रामविकास चौधरी, गणेशमान गुरुङ, मिलन लिम्बु, शान्ति गुरुङ, सन्त गाहामगर, राजेश चाम्लिङ, टेकराज थामी, टीकाराम प्रधान, निलिफा सुब्बा, रमिता लामा र नृपेन्द्रलाल श्रेष्ठलाई प्रदान गरिसकिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा