
लण्डन । ट्रान्सपरेन्सी इन्टरन्याशनलले सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी धारणाको सूचकांकमा बेलायतको स्थान खस्किएको छ ।
सन् २०१२ देखि प्रकाशन गर्न थालिएको सो सूचकांकमा बेलायतको स्थान पहिलोपटक यति तल झरेको हो ।
हालसालै सार्वजनिक भएको सो सूचकांकमा बेलायत २० औँ स्थानमा छ । गत वर्ष बेलायत १८ औँ स्थानमा थियो भने त्यसअघि सधैँ आठौँदेखि ११औँ स्थानभित्र पर्ने गरेको थियो ।
अहिलेको स्थानअनुसार बेलायतमा भ्रष्टाचार उरुग्वे र हङकङभन्दा पनि धेरै भएको अर्थ लाग्छ ।
बेलायतमा कोभिडकालमा व्यक्तिगत सुरक्षाका लागि लगाउने सामग्रीहरु (पीपीई) लगायतमा भएको अनियमितताका कारण बेलायतको स्थान खस्किएको बताइएको छ ।
सो सूचकांकका अनुसार भ्रष्टाचार कम हुने पाँच मुलुकहरुमा डेनमार्क, फिनल्याण्ड, न्यूजिल्याण्ड, नर्वे र सिंगापुर रहेका छन् भने धेरै भ्रष्टाचार हुने पाँच मुलुकमा सोमालिया, भेनेजुयला, सिरिया, दक्षिणी सुडान र यमन रहेका छन् ।
नेपालको स्तर भने गत वर्ष तुलनामा सुधार भएको छ । १८० देशमध्ये नेपाल १०८ औँ स्थानमा रहेको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण