लन्डन । बेलायतको नेपाली समुदायमा उनलाई ‘च्यारिटी किङ’ ठान्नेहरु अत्यधिक
छन् । कारण, च्यारिटी उनको दिनचर्या भित्र छ । गत वर्ष उनकै संयोजनमा बेलायतबाट हेल्प नेपाल नेटवर्कका लागि एक करोड २० लाख रुपैयां संकलन भयो ।
गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नबोरोका सञ्चालक सूर्य गुरुङले विगत दशवर्ष
(सन् २००४) यता आफ्नो रेष्टुरेन्टमा प्रत्येक वर्ष च्यारिटी कार्यक्रम गरेर नेपाल र बेलायती समुदायका लागि आर्थिक सहयोग गर्दै आएका
छन् ।
सन् २००४ मा पोखरा रंगशाला घेर्न पर्खाल निर्माणका लागि ५० लाख रुपैयां उठाएर पठाएका गुरुङको त्यसयताको निरन्तर समाजसेवाबाट प्रभावित हुने अत्यधिक छन् । स्थानीय च्यारिटी कार्यक्रममा बोलाउंदा आम व्यवसायी जस्तो उनको न कहिल्यै बैठक हुन्छ, न पारिवारिक कमिटमेन्ट । कार्यक्रममा सहभागी भइहाल्छन् उनी ।
यसपटक उनको दयाभाव फेरि जागृत भएको छ । भूकम्प लगत्तै उनको मन आम नेपाली जस्तै विक्षिप्त बन्यो । अरु बेला त सहयोग भनेपछि आफ्नो प्राण दिन तयार रहने एनआरएनए यूके पूर्व अध्यक्ष गुरुङले अहिलेको यो विपत्तिमा चुप लाग्ने त कुरै थिएन । तिनै पीडितका लागि आर्थिक सहयोग जुटाउन उनले आफ्नै रेष्टुरेन्टमा च्यारिटी डिनर कार्यक्रम गरे २५ मे सोमबार । गुरुङले शतप्रतिशत विदेश सहभागी उक्त कार्यक्रमबाट संकलित रकम (मे अन्तिमसम्म संकलन जारी रहेकाले हिसाब बांकी) र आफ्नो व्यक्तिगत गरि १४ लाख रुपैयां दिने घोषणा गरेका छन् । च्यारिटीमा उठेको रकम सतप्रतिशत पीडितलाई दिने उनको अठोट छ ।
च्यारिटीमा वर्तमान सांसद तथा पूर्व मन्त्री जेराल्ड होवार्थ दम्पत्ति, पूर्व मेयर, रोटरी क्लबाट १७ पदाधिकारी, स्थानीय स्कुलका शिक्षक, विद्यार्थी अनि गर्भनर लगायत नेपाललाई माया गर्ने बेलायती सहभागी थिए । सहभागीले नेपाली चिया, टिसर्ट, पश्मिना समेत किनेर आर्थिक सहयोग गरे ।
गुरुङले व्यक्तिगत रुपमा यसअघि एनआरएनए आइसीसीलाई एकहजार पाउण्ड र भूकम्प पीडित पत्रकारलाई ५० हजार रुपैयां दिइसकेका छन् । उनले व्यक्ति एक्लैले केही गर्न सम्भव नभएकाले पुननिर्माणमा सबैको उत्साहजनक सक्रियताको खांचो औंल्याए ।
सबै तस्विरहरुः मिलन तमु
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च