
लण्डन । लण्डनमा दिवंगत अवस्थामा प्रहरीले फेला पारेका २५ वर्षीय सन्दीप तामाङको परिवारसित लण्डनस्थित नेपाली दुताबासको सम्पर्क भएको छ ।
दुताबासका प्रथम सचिव रामबाबु नेपालका अनुसार सन्दीपका पिता बेनकुमार तामाङसित शुक्रबार कुराकानी भएको हो ।
सन्दीपको घर ललितपुर १४ नखिपोट भएको खुलेको छ ।
प्रथमसचिव नेपालका अनुसार सन्दीपको बारेमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अपील प्रकाशित भएपछि नेपालस्थित उनका छिमेकीले नेपाली दुताबास लण्डनमा फोन सम्पर्क गरी सन्दीपको घरको फोन नम्बर दिएका थिए ।
सोही आधारमा दुताबासले सम्पर्क गर्दा उनका पितासित कुराकानी हुन सकेको हो ।
सन्दीय स्किल्ड भिसामा बेलायत आएको जानकारीमा आएको छ ।
सन्दीपको शव नेपाल लैजान परिवारको चाहना भएको तर आर्थिक अवस्था सबल नभएको पनि बताइएको छ । त्यस्तो अवस्थामा बेलायतस्थित नेपाली समुदायबाट सहयोग संकलन गरेर पनि शव नेपाल पठाउन सकिने बारेमा आफूले बताएको प्रथम सचिव नेपालले जानकारी दिए ।
एता एनआरएनए युकेका अध्यक्ष प्रेम गाहाले सन्दीपका लण्डनस्थित घरबेटीसित पनि सम्पर्क भएको बताएका छन् ।
सन्दीपको मृत्यु कसरी हुन पुग्यो भन्ने बारेमा प्रहरीले विस्तृत जानकारी दिएको छैन । शायद परिवारसितको सम्पर्कमा थप जानकारी दिइने छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण