
लण्डन । बेलायतबाट प्रसारण भएको गोरखा च्यानल पुन: शुरु भएको छ ।
गोरखा च्यानल प्रालिका तर्फबाट युट्यूबको गोरखा च्यानल पेजबाट सो च्यानलको प्रसारण शुरु गरिएको प्रबन्ध निर्देशक विमला सेनेले जानकारी दिनुभयो ।
सो च्यानलबाट अहिले पाक्षिक रुपमा ‘स्पेशल टक’ र ‘माई भ्वाइस’ (मेरो आवाज) गरी दुई वटा पाक्षिक कार्यक्रम प्रसारण गरिने छ ।
‘स्पेशल टक’को पहिलो अंकमा सोलिसिटर उत्तरमान तिगेलासित बेलायतको नयाँ आप्रवासन नीति र त्यसले नेपालीहरुलाई पार्ने प्रभावका बारेमा वार्ता गरिएको थियो ।
म्हिला अतिथिसित कुराकानी गरिने ‘माई भ्वाइस’को पहिलो अंक छिट्टै प्रसारण गरिने बताएको छ ।
एता गोरखा च्यानल डट कम नामक वेभसाइट पनि शुरु गरिएको छ । पहिलेको वेभसाइटलाई परिमार्जन गरी समाचारमूलक वेभसाइट बनाउने कोसिस गरिएको पनि सेनेले जानकारी दिइन् ।
गोरखा च्यानल बेलायतबाट केही वर्षअघिसम्म विभिन्न कार्यक्रमका साथ सञ्चालनमा थियो तर केही समययता भने प्रसारण अवरुद्ध भएको थियो ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण