
लण्डन। लण्डन महानगरीय प्रहरीले सन्दीप तामाङ नाम गरेको एक युवाको शव प्राप्त भएको तर उसको शव बुझ्न कोही पनि नआएको भन्दै आफन्त खोजिदिन अपील गरेको छ ।
लण्डनको हेज टाउन प्रहरीले तामाङको शव फेला पारेको तर शव बुझाउन कोही पनि फेला नपरेपछि लण्डनस्थित नेपाली दुताबासमा सम्पर्क गरेको थियो । तर त्यहाँबाट पनि तामाङको ठेगाना पत्ता नलागेकोले सर्वसाधारणलाई अपील गरेको बुझिएको छ ।
दुताबासकी उपनियोग प्रमुख रोशन खनालले प्रहरीले तामाङका बारेमा जानकारी दिन दुताबासमा सम्पर्क गरेको पुष्टी गर्नुभयो । तर तामाङको बारेमा थप विवरण र तस्वीर केही उपलब्ध नगराएकोले थप जानकारी दिन दुताबासले प्रहरीलाई पत्राचार गरेको खनालले बताउनुभयो ।
तामाङको जन्म मिति १८ जुलाई १९९९ दिइएको छ ।
तामाङका बारेमा कुनै जानकारी भए दुताबासमा दिन अनुरोध गरिएको छ भने एनआरएनए युकेका अध्यक्ष प्रेम गाहाले पनि जानकारीका लागि आह्वान गरेका छन् ।
यसअघि केही साता पूर्व मात्र लण्डन प्रहरीले नै सुरेश मगरको शव भेटिएको तर आफन्त पत्ता नलागेको भन्दै नेपाली दुताबाससित आफन्त पत्ता लगाउन अनुरोध गरेको थियो । बेलायतको नेपाली समुदायले मगरको पहिचान गरी आफन्तहरू प्रहरीको सम्पर्कमा पुगेका थिए । मगरको शव नेपाल लैजाने पहल हुँदै गरेको बुझिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा