
लण्डन । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो प्रोस्टेटको उपचारको लागि अर्को हप्ता अस्पताल जाने बकिङ्घम प्यालेसले बिहीबार जनाएको छ ।
बकिङ्घम प्यालेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हरेक वर्ष हजारौं पुरुषले सामना गर्ने प्रोस्टेटको समस्याजस्तै सामान्य अवस्थाको प्रोस्टेटको उपचारका लागि राजा चार्ल्स अर्को हप्ता अस्पताल जानुहुनेछ । अहिले राजा चार्ल्सकोे अवस्था सामान्य र जोखिमरहित रहेको र उहाँले समस्या थप नहोस् भनी चिकित्सकीय सेवा लिनुहुनेछ ।”
उहाँको पूर्व निर्धारित सार्वजनिक कार्यक्रम उपचारका क्रममा केही समयको लागि स्थगित गरिनेछ ।
महारानी एलिजाबेथ द्वितीयाको निधनपछि गत वर्ष ७४ वर्षको उमेरमा राजा चार्ल्सले बेलायतको राजकीय बागडोर सम्हाल्नुभएको थियो ।
बेलायतको नेसनल हेल्थ सर्भिसका अनुसार हरेक तीन जना बेलायती पुरुषमध्ये एक जनाभन्दा बढीले आफ्नो जीवनकालमा प्रोस्टेट बढ्ने समस्याको सामना गर्नुपर्ने हुन्छ र यो अवस्था सामान्यतया बुढ्यौलीसँग सम्बन्धित हुन्छ ।
एनएचएसले आफ्नो वेबसाइटमा भनेको छ, “उमेर बढ्दै जाँदा प्रोस्टेट किन ठूलो हुन्छ भन्ने थाहा छैन, तर यो क्यान्सरका कारण होइन र यसले प्रोस्टेट क्यान्सर हुने खतरा बढाउँदैन ।”
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण