
लण्डन । बेलायतको पोष्ट अफिसकी पूर्व प्रमुख कार्यकारी अधिकृतले आफूले पाएको सम्मान सिबिई फिर्ता गर्ने भएकी छिन् ।
पोष्ट अफिसमा प्रयोग गरिएको होराइजन नामक सफ्टवेयरले पैसा कम्ती देखाउँदा धेरै कर्मचारीहरुमाथि विगतमा कानुनी कार्बाही गरिएको थियो । तर लामो समयको छानविनले उनीहरु निर्दोष पाइए ।
सो समयमा सिइओ रहेकी पाउला भेनल्सले आफूलो सो सम्मान फिर्ता गर्ने मंगलबार एक प्रेस बक्तब्य जारी गर्दै घोषणा गरेकी छिन् ।
उनलाई बेलायतकी महारानीबाट दिइएको सो सम्मान खोस्न माग गर्दै गरिएको हस्ताक्षर संकलनमा १० लाखभन्दा धेरैले हस्ताक्षर गरिसकेका छन् । जसबाट भेनल्सलाई सो सम्मान फिर्ता गर्न ठूलो दबाब सिर्जना भएको थियो ।
उनले सो विषयमा अहिले अनुसन्धान भइरहेकाले आफू मौन बसेको पनि बताएकी छिन् ।
बेलायतको पोष्ट अफिसमा सन् १९९९ देखि २०१५ सम्ममा पैसा लुकाएको अभियोगमा ७३६ कर्मचारीहरुमाथि मुद्दा लगाइएको थियो । ७०० भन्दा बढी शाखाका प्रबन्धकहरुलाई आपराधिक रेकर्डमा राखिएको थियो ।
अहिले सरकारले प्राविधिक त्रुटीका कारण सो घटना भएको भन्दै सो सम्बन्धमा भएका कानुनी कार्बाहीलाई सच्याउने घोषणा गरिसकेको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण