लन्डन । बेलायतमा नेपाली समुदायको सबैभन्दा ठूलो इभेन्ट मानिने गोर्खा कप च्यारिटीमा केन्द्रित गर्दै सम्पन्न भएको छ । स्वदेशमा अकल्पनीय विपत्तिका बीच क्वीन्स् एभिन्यू मैदानमा आइतबार सम्पन्न १३ औं गोर्खा कप मनोरन्जन भन्दा पनि नेपालको महाभूकम्प पीडितका लागि सहयोग माग्दै समापन भएको हो । जताततै च्यारिटी स्टल थिए, मैदानमा स्वयंसेवकहरु आर्थिक सहयोगका लागि अनुनय गरिरहेका देखिन्थे ।
उक्त प्रतियोगितामा यसवर्ष नन भेट्रानतर्फ क्वीजिएस् ब्लुले ५ गोल गर्दै गोर्खा कप जितेको छ । रेडिङ यूनिटीले चार गोल सहित फष्ट रनरअपमा चित्त बुझाउनु पर्यो । विजेता टिमले गोर्खा कपसहित १५ सय पाउण्ड नगद, फष्ट रनर अपले एकहजार पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र पाए ।
मिडिया सेक्रेटरी रोहित गुरुङका अनुसार, नन भेट्रान ३२ र भेट्रान ८ गरि ४० टिमले प्रतिष्पर्धा गरेको उक्त प्रतियोगितामा भेट्रानतर्फ केन्ट एफसीले तीन गोलसहित पहिलो र हङकङ ४० फष्ट रनरअप (शुन्य गोल) भएको छ । भेट्रान टिमबाट पहिलो हुनेले ७५० पाउण्ड र फष्ट रनर अप (दोश्रो) हुने टिमले ५०० पाउण्ड नगद र कप प्राप्त गरे । नन भेट्रान पहिलो पुरस्कार राशी १५०० पाउण्ड घान्द्रुकका चन्द्रमान गुरुङ र भेट्रानको ७५० पाउण्ड अस्मिता एसोसिएट्सका एलएन पाण्डेले प्रायोजन गरेका हुन् । त्यस्तै वेष्ट प्लेयर क्वीजिएस् ब्लुका मोहन राई र ५ गोल गर्दै वेष्ट स्कोरर भए सहारा फुटबल क्लवका ओनेर ।
खेल समापन समारोहमा प्रमुख अतिथी रसमोर मेयर डायन बिडफोर्ड, विशेष अतिथी लन्डनस्थित कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री र आयोजक तमुधिं यूके अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङले विजेता टिम र खेलाडीहरुलाई पुरस्कार प्रदान गरे । मन्तव्यका क्रममा कार्यवहाक राजदूत क्षेत्रीले यस्ता खेलबाट स्थानीय समुदायबीच समायोजन र एकतामा बल पुग्ने जनाए । रसमोर मेयर बिडफोर्डले आफ्नो क्षेत्रमा यस्तो वृहत इभेन्ट भएकामा खुशी व्यक्त गरिन् ।
गोर्खा ब्रिगेड डान्स ग्रुपको खुकुरी डान्स र अल्डरसट आर्मी ग्यारिसनका चिफ अफ आर्मी स्टाफ प्याराजम्पर मेजर रुद्र शाहीको नेतृत्वमा प्यारासुट डिस्प्लो गोर्खा कपका मुख्य आकर्षण रहे । प्यारासुटबाट नेपाल, बेलायत र तमुधिंको झण्डा झारिएको थियो ।
आयोजक तमुधिं यूकेले गोर्खा कप सफल भएको जनाएको छ । गोर्खा कपको संयोजन क्या. पिताम्बर गुरुङले गरेका थिए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण