लन्डन । बेलायतमा नेपाली समुदायको सबैभन्दा ठूलो इभेन्ट मानिने गोर्खा कप च्यारिटीमा केन्द्रित गर्दै सम्पन्न भएको छ । स्वदेशमा अकल्पनीय विपत्तिका बीच क्वीन्स् एभिन्यू मैदानमा आइतबार सम्पन्न १३ औं गोर्खा कप मनोरन्जन भन्दा पनि नेपालको महाभूकम्प पीडितका लागि सहयोग माग्दै समापन भएको हो । जताततै च्यारिटी स्टल थिए, मैदानमा स्वयंसेवकहरु आर्थिक सहयोगका लागि अनुनय गरिरहेका देखिन्थे ।
उक्त प्रतियोगितामा यसवर्ष नन भेट्रानतर्फ क्वीजिएस् ब्लुले ५ गोल गर्दै गोर्खा कप जितेको छ । रेडिङ यूनिटीले चार गोल सहित फष्ट रनरअपमा चित्त बुझाउनु पर्यो । विजेता टिमले गोर्खा कपसहित १५ सय पाउण्ड नगद, फष्ट रनर अपले एकहजार पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र पाए ।
मिडिया सेक्रेटरी रोहित गुरुङका अनुसार, नन भेट्रान ३२ र भेट्रान ८ गरि ४० टिमले प्रतिष्पर्धा गरेको उक्त प्रतियोगितामा भेट्रानतर्फ केन्ट एफसीले तीन गोलसहित पहिलो र हङकङ ४० फष्ट रनरअप (शुन्य गोल) भएको छ । भेट्रान टिमबाट पहिलो हुनेले ७५० पाउण्ड र फष्ट रनर अप (दोश्रो) हुने टिमले ५०० पाउण्ड नगद र कप प्राप्त गरे । नन भेट्रान पहिलो पुरस्कार राशी १५०० पाउण्ड घान्द्रुकका चन्द्रमान गुरुङ र भेट्रानको ७५० पाउण्ड अस्मिता एसोसिएट्सका एलएन पाण्डेले प्रायोजन गरेका हुन् । त्यस्तै वेष्ट प्लेयर क्वीजिएस् ब्लुका मोहन राई र ५ गोल गर्दै वेष्ट स्कोरर भए सहारा फुटबल क्लवका ओनेर ।
खेल समापन समारोहमा प्रमुख अतिथी रसमोर मेयर डायन बिडफोर्ड, विशेष अतिथी लन्डनस्थित कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री र आयोजक तमुधिं यूके अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङले विजेता टिम र खेलाडीहरुलाई पुरस्कार प्रदान गरे । मन्तव्यका क्रममा कार्यवहाक राजदूत क्षेत्रीले यस्ता खेलबाट स्थानीय समुदायबीच समायोजन र एकतामा बल पुग्ने जनाए । रसमोर मेयर बिडफोर्डले आफ्नो क्षेत्रमा यस्तो वृहत इभेन्ट भएकामा खुशी व्यक्त गरिन् ।
गोर्खा ब्रिगेड डान्स ग्रुपको खुकुरी डान्स र अल्डरसट आर्मी ग्यारिसनका चिफ अफ आर्मी स्टाफ प्याराजम्पर मेजर रुद्र शाहीको नेतृत्वमा प्यारासुट डिस्प्लो गोर्खा कपका मुख्य आकर्षण रहे । प्यारासुटबाट नेपाल, बेलायत र तमुधिंको झण्डा झारिएको थियो ।
आयोजक तमुधिं यूकेले गोर्खा कप सफल भएको जनाएको छ । गोर्खा कपको संयोजन क्या. पिताम्बर गुरुङले गरेका थिए ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग