लण्डन। बेलायतबाट प्रकाशन हुँदै आइरहेको नेपाली भाषाको अनलाइन वीनेपाली डटकमको सहसम्पादकमा प्रमिला लाबुङ राई नियुक्त हुनुभएको छ ।
वीनेपाली डटकम व्यवस्थापनले जनवरी १ तारिखदेखि लागू हुने गरी सो निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातक र बेलायतबाट डेन्टल नर्सिङमा न्याशनल डिप्लोमासम्म अध्ययन गर्नुभएकी राईसित बेलायतको नेपाली समुदायको कम्युनिटी रेडियो ‘रेडियो बीजीडब्ल्यूएस’मा कार्यक्रम प्रस्तोता, समाचार संकलन, सम्पादन र व्यवस्थापनको लामो अनुभव छ । उहाँले सन् २०१२ देखि २०१९ सम्म सो रेडियोमा ‘व्यक्ति व्यक्तित्व’ र ‘दैनिक समाचार मन्च’ कार्यक्रम सन्चालन गर्नु भएको थियो । यसका साथै सयौँ व्यक्तित्वहरुसित अन्तर्वार्ता र कैयौँ इभेन्टबाट लाइभ रिपोर्टिङ समेत गर्नुभएको छ ।
इलाम सुर्योदय नगरपालिका, शान्तिनगर समालबुङमा जन्मनुभएको राई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको पूर्व अध्यक्ष साथै नेपाल पत्रकार महासंघ युके शाखाको उपाध्यक्ष पनि हुनुहुन्छ । यसका साथै अरु थुप्रै सामाजिक संस्थाहरूमा पनि उहाँ आवद्ध हुनुहुन्छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण