लण्डन। बेलायतबाट प्रकाशन हुँदै आइरहेको नेपाली भाषाको अनलाइन वीनेपाली डटकमको सहसम्पादकमा प्रमिला लाबुङ राई नियुक्त हुनुभएको छ ।
वीनेपाली डटकम व्यवस्थापनले जनवरी १ तारिखदेखि लागू हुने गरी सो निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातक र बेलायतबाट डेन्टल नर्सिङमा न्याशनल डिप्लोमासम्म अध्ययन गर्नुभएकी राईसित बेलायतको नेपाली समुदायको कम्युनिटी रेडियो ‘रेडियो बीजीडब्ल्यूएस’मा कार्यक्रम प्रस्तोता, समाचार संकलन, सम्पादन र व्यवस्थापनको लामो अनुभव छ । उहाँले सन् २०१२ देखि २०१९ सम्म सो रेडियोमा ‘व्यक्ति व्यक्तित्व’ र ‘दैनिक समाचार मन्च’ कार्यक्रम सन्चालन गर्नु भएको थियो । यसका साथै सयौँ व्यक्तित्वहरुसित अन्तर्वार्ता र कैयौँ इभेन्टबाट लाइभ रिपोर्टिङ समेत गर्नुभएको छ ।
इलाम सुर्योदय नगरपालिका, शान्तिनगर समालबुङमा जन्मनुभएको राई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको पूर्व अध्यक्ष साथै नेपाल पत्रकार महासंघ युके शाखाको उपाध्यक्ष पनि हुनुहुन्छ । यसका साथै अरु थुप्रै सामाजिक संस्थाहरूमा पनि उहाँ आवद्ध हुनुहुन्छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा