
लण्डन । बेलायतमा नोभेम्बर महिनामा मुद्रास्फिति अपेक्षा गरिएभन्दा बढी घटेको छ ।
बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार प्रकाशन गरेको तथ्यांकअनुसार नोभेम्बरमा बेलायतको मुद्रास्फिति ३.९ प्रतिशत रहेको थियो । यसअघि अक्टोवर महिनामा सो दर ४.६ प्रतिशत रहेको थियो ।
रोयटरका अर्थशास्त्रीहरुले नोभेम्बरमा बेलायतको मुद्रास्फिति ४.४ प्रतिशत रहने पूर्वानुमान गरेका थिए ।
विश्लेषकहरुले इन्धनको मूल्यमा आएको कटौतीका कारण मुद्रास्फिति घटेको विश्लेषण गरेका छन् ।
मुद्रास्फितिमा आएको गिरावटको वावजुद पनि सामानहरुको मूल्य भने बढिरहेको पाइएको छ । तथापि मूल्यवृद्धिको दर सुस्त रहेको छ भने केही वस्तुहरुको मूल्य घटेको पाइएको छ ।
मुद्रास्फिति घटे पनि वर्तमान प्रधानमन्त्री ऋषि सुनकले तय गरेका पाँच प्राथमिकतामध्ये मुद्रास्फितिलाई २ प्रतिशतमा झाने सरकारको लक्ष्य भने पूरा हुन डिसेम्बर महिनाको तथ्यांक कुर्नपर्ने भएको छ । यद्यपि सो लक्ष्य हासिल हुनेमा अर्थशास्त्रीहरुले आशंका व्यक्त गरेका छन् ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण