
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको विशेष निमन्त्रणामा पोखराका बौद्ध धर्मगुरु खेन्पो किरण तुलाचन लण्डन आइपुगेका छन् ।
बीसीसी यूकेले आउँदो ३१ डिसेम्बर अर्थात् पौष १५ गते तमू (गुरुङ) हरुको महान पर्व मुप्री ल्हो (गरुड बर्ग) को अवसरमा आयोजना गर्न लागेको धार्मिक पूजापाठका लागि मंगलबार उनी लण्डन आइपुगेका हुन् ।
उनलाई बीसीसी यूकेका खेन्पो गुरु कर्म छुल्त्रिम, उपाध्यक्ष एवं तमू ल्होछार संयोजक क्याप्टेन देब घले, पूर्व संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, पूर्व आमा प्रमुख पुष्पा गुरुङ, वर्तमान आमा सचिव शारदा गुरुङ, आमा सहसचिव पवित्र गुरुङ, सल्लाहकार कमल गुरुङ, सल्लाहकार पूर्ण गुरुङ लगायत आफन्तजन, इष्टमित्र र शुभचिन्तकहरुले हिथ्रो एयरपोर्टमा खादा लगाई स्वागत गरेका थिए ।
खेन्पो तुलाचनले बीसीसी यूकेले आयोजना गरेको तमू ल्होछारमा धार्मिक प्रवचन, दीप प्रज्ज्वलन, घ्यासी, आयु, छोग, घनचक्र पूजाका साथसाथै आयूको अभिषेक प्रदान गर्ने कार्यक्रम रहेको संयोजक क्याप्टेन देब घलेले जानकारी दिए । साथै, ल्होछार कार्यक्रममा खेन्पो छेवाङ्ग, बीसीसी यूके खेन्पो कर्म छुल्त्रिम, लामा हर्कजंग घले, लामा प्रदीप, लामा पुरनलगायत धर्मगुरुहरुले पूजापाठ भएको छ । उक्त कार्यक्रममा सहभागी हुनका लागि बेलायतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा बीसीसी यूकेले हार्दिक अनुरोध गरेको छ ।
स्मरण रहोस् बीसीसी यूकेले प्रत्येक बर्ष तमू ल्होछारलाई बिशेष महत्व दिई बृहत पूजाको आयोजना गर्दै आएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा