लन्डन । नेपालको भूकम्प पीडितका लागि बेलायतवासी नेपालीको सहयोग जारी छ । विभिन्न संघसंस्था, व्यक्ति र विदेशीले समेत विपत्तिमा सहयोगका हात बढाइरहेका छन् । यस्तै एउटा उदाहरण हुन् सचिन पुन र असिम चालिसे । पेशाले उनीहरु जिइ एभिएसन वेल्स्मा कार्यरत इन्जिनियर । उनीहरुले जब नेपालमा महाभूकम्प गएको थाहा पाए, त्यसपछि पीडितहरुको राहतका लागि केही गर्ने अठोट गरे । आफ्नो कार्यालयका सहकर्मीहरुलाई यथार्थता बेलिविस्तार लगाए । एभिएसनका कर्मचारी पनि बडो उदार दिलका । आ आफ्नो तर्फबाट अत्यावश्यक सामाग्री ब्ल्यांककेट, लत्ता कपडा, अक्सिजन टुल्स्, स्टेचर, पानी शुद्ध गर्ने ट्याबलेट र अरु धेरै चिज प्रदान गर्न थाले । स्थानीय स्कुलबाट पनि यी तन्नेरीलाई सहयोग प्राप्त भयो । उनीहरु रातदिन र पढाइ नभनि राहत सामाग्री जुटाउन लागे । संकलित सामाग्री व्यवस्थापन पनि कम सहज थिएन । एभिएसन कम्पनीले नै भ्यान प्रायोजन गरिदिएपछि ति युवाले संकलित सामाग्रीमध्ये ब्ल्यांककेट र लत्ता कपडा गिलफोर्ड, गोडल्मिंग र क्रेन्लीस्थित रेडक्रस र अक्सफाममा दिएको स्वयंसेवी श्रद्धा गुरुङले जनाइन् । उनीहरुले बांकी संकलित सामाग्रीहरु टेन्ट, स्ल्पिींग ब्याग, औषधि, अक्सिजन, फष्ट एड आदि अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टरमा लगेर दिएका छन् ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च