
लन्डन । लन्डनमा अध्ययनरत तीन नेपाली विद्यार्थी भूकम्प पीडितका लागि आर्थिक संकलन अभियानमा जुटेका छन् । बालु राई, गृष्म खड्का र सद्मा लामा यो अभियानमा जुटेका हुन् । खोटाङ घर भइ हाल कार्डिफ मेट्रोपोलिटन युनिभर्सिटी अन्तर्गत लन्डन स्कुल अफ कमर्स कलेजमा एमबीए अध्ययनरत बालुले मातृभूमिबाट टाढा रहेपनि पीडितका लागि केही सहयोग संकलन
गर्ने निधो गरेर आफ्ना दुई साथी गृष्म र सद्मालाई अभियानमा साथ दिन आग्रह गरिन् । उनको अनुरोधमा वेल्स् ट्रिनिटी सेन्ट डेभिड युनिभर्सिटीको लन्डन क्याम्पसमा एमबीए अध्ययनरत गृष्म र सद्माले पनि साथ दिए । उनीहरु पढाइ छाडेर लन्डनका सडक सडकमा चन्दा माग्न सक्रिय भए ।
सडकमा कोष अभिवृद्धिको काम यसअघि कहिल्यै नगरेका यी विद्यार्थीलाई शुरुमा असजिलो भने भएको थियो । तैपनि उनीहरुले हरेस खाएनन् । आफ्नो यूनिभर्सिटीका साथीहरु र प्राध्यापकलाई नेपालको दयनीय अवस्थाबारे अवगत गराए, चन्दा दिन अनुनय गरे । फेसबुकमा यूके नेपलिज स्टुडेन्ट्स सपोर्ट फर नेपाल अर्थक्वेक भिक्टिम्स् खोले । उनीहरुले अभियान थाले लगत्तै ७७५ पाउण्ड ७१ पेन्स् संकलन गर्न सफल भए । चौंथो दिनसम्म सडकमा चन्दा संकलन गरेपछि उनीहरुले च्यारिटी अक्सफाम जिबीका लागि अनलाइन डोनेशन अभियान पनि थाले । उनीहरुले लन्डनका सडकबाट संकलित रकम ६३२ पाउण्ड ९२ पेन्स्
(एकलाख रुपैयां) नेपाल एजुकेशनल सपोर्ट ट्रष्ट (नेष्ट) लाई दिएका छन् जुन नेष्टमार्फत मकवानपुरको बेतिनी गाउंमा १५ घरका लागि जस्ता पाता खरिद गर्न प्रयोग भएको छ । उनीहरुले बांकी रकम भूकम्प प्रभावित क्षेत्रमा पुननिर्माणका लागि खर्चने सोच बनाएका छन् ।
उनीहरुको आर्थिक संकलन अभियान justgiving.com/grishma-sadma-balu मार्फत जारी छ । यसबाट संकलित रकम नेपालमा खानेपानी र सरसफाइ व्यवस्थापनमा जुटिरहेको अक्सफाम जिबी च्यारिटीलाई जाने बालुले जनाइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते