
बेलायतका अर्थ मन्त्री जेरेमी हन्टले यसैसाता बेलायतको शरदकालिन बजेट संसदमा पेश गर्नुभएको छ । बजेटमा मुख्य जोड दिइएको बुँदा राष्ट्रिय बीमा (न्याशनल इन्स्योरेन्स-एनआई) मा कटौती हो । क्लास १ वर्गीकरण गरिएको एनआईलाई १२ प्रतिशतबाट १० प्रतिशतमा झारिएको छ । यो परिवर्तन जनवरी ६ बाट लागू हुनेछ । यसैगरी क्लास ४ मा पर्ने एनआई (स्वरोजगारहरूले तिर्ने) लाई ९ प्रतिशतबाट ८ प्रतिशतमा घटाइएको छ । उता वर्षको १२ हजार ५७० पाउण्डमाथि मुनाफा कमाउने स्वरोजगारहरूले तिर्नुपर्ने क्लास २ को एनआई पनि हटाइएको छ । यी दुवै घोषणा अप्रिल ६ बाट प्रभावकारी हुनेछन् । उता ६ हजार ७२५ पाउण्डदेखि १२ हजार ५७० पाउण्डसम्म मुनाफा कमाउनेले एनआई तिर्नपर्ने छैन । बजेटमा पूर्व सैनिकहरूलाई रोजगारी दिने व्यापारिक प्रतिष्ठानहरूलाई दिइएको एनआई सहुलियतलाई समय थप गरिएको छ । यो समय अप्रिल ५ २०२५ सम्म बढाइएको छ । उनीहरुलाई काम दिएवापत रोजगारदाताहरूलाई एनआईमा सहुलियत प्रदान गरिएको हुन्छ ।
बजेटमा राष्ट्रिय न्यूनतम ज्याला पनि बढाइएको छ । अप्रिल १ २०२४ देखि न्यूनतम ज्याला करिब १० प्रतिशत बढाइएको छ । अब २१ वर्षमाथिका कामदारहरूको न्यूनतम ज्याला प्रतिघण्टा ११ पाउण्ड ४४ पेन्स हुनेछ । युवा उमेर समूहका तालिममा रहेका कामदारका लागि प्रतिघण्टा ६ पाउण्ड ४० पेन्स प्रतिघण्टा तोकिएको छ ।
एनआईमा ल्याइएको फेरबदलले व्यापार क्षेत्रमा लागत घटाउने छ । यसबाट व्यापारहरुलाई थप जनशक्ति भर्ना गर्नमा उत्साहित गर्नेछ । पूर्व सैनिकहरूलाई जागिर दिनमा दिइएको सहुलियतले विविधतायुक्त र सीप भएका जनशक्तिलाई काममा लगाउन प्रेरणा दिनेछ । जागिरे र स्वरोजगारहरूलाई दिइएको एनआईमा छुट वा खारेजीले उनीहरुलाई थप पैसा आफ्नो खातामा लैजान मद्दत मिल्नेछ ।
न्यूनतम ज्याला वृद्धिले थोरै आम्दानी गर्ने कामदारहरूलाई सहुलियत दिनेछ ।
बजेटमा परिवर्तन गरिएका प्रावधानहरूले थप मानिसहरुलाई रोजगारी सृजना गरी राष्ट्रिय अर्थतन्त्रलाई बढावा दिने अपेक्षा गरिएको छ । परिवर्तित प्रावधानहरूले मानिसहरुलाई थप खर्च गर्न उत्प्रेरित गर्ने र यसबाट अर्थतन्त्रलाई चलायमान बनाउने आँकलन गरिएको छ ।
(श्रेष्ठ पेपरवर्क्स सोल्युसन्सका निर्देशक हुन् ।)
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई