
लण्डन । गीतकार बुद्धवीर लामा बेलायतमा नगदसहित सम्मानित भएका छन् ।
पूर्वधावकसमेत रहेका लामालाई नेपाली खेलकुद र सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै इलाम समाज बेलायतले सम्मान गरेको हो ।
समाजका अध्यक्ष टेकवीर राईले लामालाई ४ हजार ४ सय ७ पाउन्ड (७ लाख ३५ हजार ३ सय ५२ रुपैयाँ) सहित प्रशंसापत्र प्रदान गरेका थिए ।
लामा गायनमा पनि रुचि राख्छन् ।
उनी बेलायत आएको अवसर पारेर बेलायतको अल्डरसटमा लामाको एकल सांगीतिक कार्यक्रम भएको थियो ।
इलाम सोसाइटी बेलायतले आयोजना गरेको सो कार्यक्रमबाट बचेको रकम लामालाई सम्मानस्वरुप प्रदान गरिएको हो ।
लामाले सम्मानवापत प्राप्त रकम नेपालका दुर्गम क्षेत्रका खेलाडीलाई सहयोग गर्ने र केही रकम अनाथलय, वृद्धाश्रम र अपाङ्ग केन्द्रलाई सहयोग गर्ने बताए । यसअघि उनले जुम्लाका धावकलाई टीसर्ट र खेल सामग्री सहयोग गरेका थिए ।
लामाले ताइवान र जापानमा सम्पन्न एसियाली भेट्रान्स एथलेटिक्स च्याम्पियनसिपको ५ हजार मिटर दौडमा क्रमशः छैटौं र दसौं स्थान हासिल गरेका थिए ।
चर्चित गीतहरुका सर्जक लामाले यसअघि १० वटा एकल साँगीतिक कार्यक्रम गरिसकेका छन् ।
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा