
दोहा । कतारको दोहामा जारी कतार अन्तर्राष्ट्रिय कला महोत्सवमा नेपालयात्रा कला प्रदर्शनीको छैटौं संस्करण ‘कतार क्यान्भास २०२३’ सुरु भएको छ ।
कला महोत्सवमा कलाकार पी सिंहका एक्रिलिक र वाटर कलरका चित्रहरूसहित मनमोहक कलाकृतिहरू राखिएको छ जसले नेपालको प्राकृतिक दृश्य, वन्यजन्तु लगायत नेपालका वास्तुशिल्पका दृष्टिले धनी प्राचीन मन्दिर र गुम्बाहरूलाई कलात्मक रूपमा चित्रण गरेको छ ।
यसअघि युके र नेपालका विविध ठाउँमा कला प्रदर्शनी गरिसकेका कलाकार सिंह आफ्ना चित्रहरूमार्फत नेपाली संस्कृतिको प्रवद्र्धन गर्न प्रतिबद्ध छन् । उनको योगदानलाई बेलायतका लागि नेपालका पूर्व राजदूत डा. दुर्गाबहादुर सुवेदीले कदर गर्दै नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा विशेष प्रयास गरेकोमा सिंहलाई २०२० मा सम्मान गरेका थिए।
कलाकार सिंहले भने, “कतारमा आफ्नो कलाकृतिमार्फत नेपालको प्रतिनिधित्व गर्न पाउँदा म निकै हर्षित छु । पाँच दिने प्रदर्शनीमा सयौं आगन्तुकलाई नेपाली कला, संस्कृति र परिदृश्य देखाउन पाउनु साँच्चै रोमाञ्चक छ ।” उनले नेपाली कलाकृतिहरूप्रति आगन्तुकहरूको उत्साहजनक प्रतिक्रियालाई पनि टिप्पणी गरे । लन्डनको एक बैंकमा कार्यरत सफ्टवेयर इन्जिनियर सिंह आफ्नो फुर्सदको समयमा जोशका साथ कलाकारितामा उत्रन्छन् । उनले नेपालमा विकास गरेका केही सफ्टवेयर योगदानहरू अन्तर्गत ‘टाइपशाला’ टाइपिङ ट्युटर, ‘ठमेल डटकम’, ’नेपाली युनिकोड’ र ’राजमार्ग’ रोड इन्जिनियरिङ सफ्टवेयर पर्दछन् ।
महोत्सवमा सिंहकी छोरी रोस्लिन सिंहले पनि आफ्ना केही पानीको रंग र पेन्सिल कलाकृतिहरू प्रदर्शन गर्नेछिन् । बेलायतमा बायोमेडिकल इन्जिनियरिङ गर्दै गरेकी १९ वर्षीया रोस्लिनले भनिन्, ‘यस कला महोत्सवमा नेपालका मेरा केही कलाकृतिहरू प्रदर्शन गर्न पाएकोमा म निकै उत्साहित छु ।’
कार्यक्रममा कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालको समेत उपस्थिति रहेको थियो । उनले भने, ‘कतार कला महोत्सवमा नेपालको प्रतिनिधित्व देख्दा गर्व लागेको छ । म यो प्रयासको साँच्चै प्रशंसा गर्छु। ”

अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा