
लण्डन । गोरखा भूतपूर्व सैनिकहरूको समस्याबारे नेपाल र बेलायत सरकारबीच चलिरहेको वार्ता उपलब्धिविहीन भएको छ ।
पूर्व निर्धारित तालिकाअनुसार आज (नोभेम्बर २२) मा मन्त्रीस्तरीय वार्ता गरी वार्ताको समापन गरिने तय भएको थियो । त्यसका लागि नेपालबाट परराष्ट्र मन्त्रालयका युरोप हेर्ने सहसचिव पनि बेलायत आइपुगेका थिए ।
वार्तापछि नेपाली दुताबासबाट जारी विज्ञप्तिमा वार्ताबाट कुनै ठोस निस्कर्षमा पुगेको उल्लेख छैन । बरू सम्वादलाई भविष्य पनि जारी राख्ने बताइएको छ । गोरखाहरूले अत्यन्तै प्रतीक्षा गरेको सो वार्ताको एउटै मात्र सकारात्मक पक्ष भनेको वार्तालाई जारी राख्ने प्रतिवद्धता मात्र हो ।
वार्तामा सहभागी धर्मबहादुर तामाङका अनुसार आज दिउँसो ३ बजेदेखि साढे ४ बजेसम्म बेलायती रक्षा मन्त्रालयमा भएको वार्ताको शुरुमा बेलायती पक्षले गोरखाहरूले यसअघिका वार्ताहरुमा उठाएका विभिन्न सवालहरूका बारेमा जवाफ दिएका थिए । त्यसपछि गोरखाहरूका तर्फबाट मेजर जुदबहादुर गुरुङले गोरखाहरूमाथि पेन्सनका बारेमा भएको विभेदबारे बताएका थिए ।
वार्ताका क्रममा बेलायती भेटेरान मन्त्री आन्ड्र्यू मुरिसनले गोरखाहरूको पेन्सनका बारेमा सन् २०१९ मा बेलायत भ्रमणमा आउँदा नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सहमति जनाइसकेको तर्क गरेका थिए । जसको नेपालको तर्फबाट वार्तामा नेतृत्व गरिररहेका बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले तत्काल प्रतिवाद गर्दै नेपाल सरकारले त्यस्तो कुनै सहमति नगरेको प्रष्ट गरेका थिए ।
गोरखाहरूले विभिन्न मितिहरूमा उठाएका सवालहरूका बारेमा वर्षौँसम्म कुनै प्रतिक्रिया नदिएको बेलायतले बुधबार बिहान मात्र १२ पेज लामो प्रष्टीकरण पठाएको थियो । मेजर जुदबहादुर गुरुङले आजै वार्ता हुने आजै त्यस्तो पत्र पठाइएकोमा आपत्ति जनाएका थिए । वार्तामा गरिने छलफलका बारेमा अग्रीम जानकारी दिन उनले माग गरेका थिए । उनले आगामी वार्तामा पेन्सनका कुरा उठाइरहने र माग गरेजस्तो नदिए अस्वीकार गर्ने बताए ।
वार्तका क्रममा मन्त्री मुरिसनले आफूहरू गोरखाहरूको समस्याका बारेमा वार्ता गर्न तयार रहेको तर आमरण अनसनजस्ता अभियान गरेर ‘ब्ल्याकमेल’ नगर्न चेतावनी दिएका थिए ।
गोरखाहरूले अत्यन्तै प्रतीक्षा गरेको वार्ताबाट कुनै उपलब्धि ननिस्केपछि गोरखाहरूले कसरी आगामी कदम चाल्नेछन् त्यसका लागि भने केही समय कुर्नै पर्ने भएको छ ।
आजको वार्तामा नेपाल सरकारको तर्फबाट राजदुत ज्ञानचन्द्र आचार्य, परराष्ट्र मन्त्रालयका युरोप तथा अमेरिका महाशाखा प्रमुख गणेशप्रसाद ढकाल, उपनियोग प्रमुख रोशन खनाल र सैनिक सहचारी रत्नबहादुर गोदार थिए । गोरखाहरूका तर्फबाट मेजर जुदबहादुर गुरुङ, धर्मबहादुर तामाङ र कृष्णबहादुर राई थिए भने बेलायती रक्षा मन्त्रालयका तर्फबाट मन्त्री मुरिसनका साथै अन्य अधिकारीहरू थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा