
लण्डन । बेलायतको आसफोर्डस्थित सगरमाथा गोर्खा÷नेपाली समाज आश्फोर्ड केण्टले २०८० सालको तिहार कार्यक्रम मनाएको छ ।
शनिबार १८ नोभेम्बरका दिन सेण्ट साइमन हलमा सो कार्यक्रम भएको थियो ।
समितिका अध्यक्ष डम्मर लिम्बु, सस्थापक अध्यक्ष सिरी लिन्बु, तथा महिला समिति अध्यक्ष उमादेवी गुरुङगले संयुक्तरुपमा पानसमा दीप प्रजलन गरी देउसी भैलो गीतसँगै कार्यक्रम समुद्घाटन गरिएको थियो ।
अपराह्न ३ बजे हलको सजिसजावट पूरा गरेपछि सबैको लागी ५ बजे हल खुल्ला गरिएको थियो । कार्यक्रमको प्रवेश निशुल्क रहेको थियो ।
समितिकी सचिव बिमला लिम्बुले औपचारिक रुपमा कार्यक्रम सुरु हुनुभन्दा पहिला हलमा भैपरी आउन सक्ने घटनाबारे सचेतना गराएकी थिइन् ।
उपाध्यक्ष तथा कार्यक्रम संयोजक दुर्गा पाङमा लिम्बुले कार्यक्रम सफल गराउनको लागी अहोरात्र खटिनु हुने समितिका सदस्य तथा सहयोगी र कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यबाद दिएकी थिइन् ।
अध्यक्षले औपचारिक कार्यक्रम समापन गर्नु अगाडी सगरमाथा गोर्खा÷नेपाली समाजले स्थापना कालदेखि आजसम्म सबै नेपाली जात जाति भाषा धर्म सस्कार सस्कृतिलाई एउटै छातामुनी एक भएर बस्न पाएकोमा सबैले खुशी र गर्व मान्नु पर्ने बताए । उनले कार्यक्रम संयोजक, कार्यसमिति र उपस्थित सबैलाई धन्यबाद दिए ।
कार्यक्रममा विभिन्न देउसी, भैलो गीत र नृत्य लगायत विभिन्न लोक गीत र लोक नृत्यले सबैलाई भरपूर मनोरंजन दिएको थियो । त्यसैगरी अन्य मनोरन्जन लागी डाईस, त्रिपासा र तासको बन्दोबस्त पनि गरिएको थियो । समाजलाई अहित हुने खालका क्रियाकलाप हुन नदिन आन्तरिक सुरक्षा र समस्याको समाधानको लागी जनशक्ति तयार गरिएको थियो ।
समितिले हरेक वर्ष यसरी नै नेपाली वार्षिक चाड तिहारको देउसी÷भैलो कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा उपस्थित सबैले यथासक्य आर्थिक सहयोग गरेका थिए । समितिले हरेक पटक कार्यक्रममा उठाएको रकमबाट कोष खडागरी समितिको भवन खरिद तथा निर्माणको लागी जम्मा गर्ने गरेको छ ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा