
लण्डन । बेलायतको आसफोर्डस्थित सगरमाथा गोर्खा÷नेपाली समाज आश्फोर्ड केण्टले २०८० सालको तिहार कार्यक्रम मनाएको छ ।
शनिबार १८ नोभेम्बरका दिन सेण्ट साइमन हलमा सो कार्यक्रम भएको थियो ।
समितिका अध्यक्ष डम्मर लिम्बु, सस्थापक अध्यक्ष सिरी लिन्बु, तथा महिला समिति अध्यक्ष उमादेवी गुरुङगले संयुक्तरुपमा पानसमा दीप प्रजलन गरी देउसी भैलो गीतसँगै कार्यक्रम समुद्घाटन गरिएको थियो ।
अपराह्न ३ बजे हलको सजिसजावट पूरा गरेपछि सबैको लागी ५ बजे हल खुल्ला गरिएको थियो । कार्यक्रमको प्रवेश निशुल्क रहेको थियो ।
समितिकी सचिव बिमला लिम्बुले औपचारिक रुपमा कार्यक्रम सुरु हुनुभन्दा पहिला हलमा भैपरी आउन सक्ने घटनाबारे सचेतना गराएकी थिइन् ।
उपाध्यक्ष तथा कार्यक्रम संयोजक दुर्गा पाङमा लिम्बुले कार्यक्रम सफल गराउनको लागी अहोरात्र खटिनु हुने समितिका सदस्य तथा सहयोगी र कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यबाद दिएकी थिइन् ।
अध्यक्षले औपचारिक कार्यक्रम समापन गर्नु अगाडी सगरमाथा गोर्खा÷नेपाली समाजले स्थापना कालदेखि आजसम्म सबै नेपाली जात जाति भाषा धर्म सस्कार सस्कृतिलाई एउटै छातामुनी एक भएर बस्न पाएकोमा सबैले खुशी र गर्व मान्नु पर्ने बताए । उनले कार्यक्रम संयोजक, कार्यसमिति र उपस्थित सबैलाई धन्यबाद दिए ।
कार्यक्रममा विभिन्न देउसी, भैलो गीत र नृत्य लगायत विभिन्न लोक गीत र लोक नृत्यले सबैलाई भरपूर मनोरंजन दिएको थियो । त्यसैगरी अन्य मनोरन्जन लागी डाईस, त्रिपासा र तासको बन्दोबस्त पनि गरिएको थियो । समाजलाई अहित हुने खालका क्रियाकलाप हुन नदिन आन्तरिक सुरक्षा र समस्याको समाधानको लागी जनशक्ति तयार गरिएको थियो ।
समितिले हरेक वर्ष यसरी नै नेपाली वार्षिक चाड तिहारको देउसी÷भैलो कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा उपस्थित सबैले यथासक्य आर्थिक सहयोग गरेका थिए । समितिले हरेक पटक कार्यक्रममा उठाएको रकमबाट कोष खडागरी समितिको भवन खरिद तथा निर्माणको लागी जम्मा गर्ने गरेको छ ।
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण