
लण्डन । तमुधिँ दक्षिण पूर्व क्षेत्रीय समिति लण्डनले यस वर्ष आयोजना गरेको देउसीभैलोमा सहयोग गर्ने सबैमा आभार व्यक्त गरेको छ ।
सो संस्थाले ११ र १२ नोभेम्बरका दिन लण्डनको दक्षिण पूर्व क्षेत्रमा देउसीभैलोको आयोजना गरेको थियो । सो अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमका साथै देउसी भैलो र विविध सांगीतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
सो अवसरमा आफ्नो अमूल्य प्रतिभा प्रस्तुत गर्ने दिदीबहिनी, दाजुभाइहरूलाई धन्यवाद दिँदै संस्थाले संस्थालाई देखाएको माया र सदभावप्रति आभार प्रकट गरेको छ । कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सबै सहयोगी हातहरुप्रति तमुधिँ दक्षिण पूर्व क्षेत्रीय लन्डन कार्यसमितिले धन्यवाद ज्ञापन गरेको छ ।
त्यस्तैगरी यस देउसी भैलो कार्यक्रमलाई आ–आफ्नो घरमा निमन्त्रणा गर्ने सहकोषध्यक्ष तथा लुम्बिनी टेलरिङ सेन्टर प्लमस्टिडका प्रोपाइटर श्रीमान/श्रीमती ओमदेवी गुरुङ गुरुङ तथा परिवार, सल्लाहकार तथा डायमण्ड बसद्धिष्ट सेन्टर युकेका अध्यक्ष श्रीमान /श्रीमती योगेश गुरुङ, आजिवन सदस्य श्रीमान /श्रीमती नैना गुरुङ, श्रीमान /श्रीमती खुमबहादुर गुरुङ, संस्थाका वर्तमान अध्यक्ष प्रेम कुमार गुरुङको परिवार, सल्लाहकार तथा बेक्सली नेपाली समाजका संस्थापक अध्यक्ष श्रीमान /श्रीमती केशबहादुर गुरुङ, आजिवन सदस्य श्रीमान /श्रीमती बोलमाया गुरुङ र संस्थापक प्रमुख सल्लाहकार मोहन गुरुङको परिवारप्रति समाजले धन्यवाद ज्ञापन गरेको छ ।
देउसीभैलोमा उपस्थित भई हौसला दिएकोमा संस्थापक अध्यक्ष चन्द्रमान गुरुङ, निवर्तमान अध्यक्ष ह्यारी गुरुङ, पूर्व अध्यक्ष क्या. नारायनबहादुर गुरुङ एमभीओ, संस्थापक आमा प्रमुख श्रीमती मायारानी गुरुङ, समाजका सल्लाहकार डम्मरकाजी गुरुङ, पूर्व आमा प्रमुख श्रीमती पार्बती गुरुङ,फेदिखोला समाज युकेका अध्यक्ष हरि गुरुङ र क्वोंने /घोताने समाज युकेको आमा प्रमुख श्रीमती चन्द्रदेवी गुरुङलाई पनि आभार ज्ञापन गरेको छ ।
यस्तै आमा प्रमुख तथा देउसीभैलो संयोजक श्रीमती विन्दु गुरुङलाई उहाँको उदाहरणीय समन्वयका लागि देउसीभैलो खेलिने परिवार, देउसीभैलो टोली गठन गर्न र देउसीभैलो कार्यक्रमलाई सुचारू रूपमा सम्पन्न गर्नका लागि धन्यवाद दिइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा