
लण्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) ले आगामी शनिबार ११ नोभेम्बर मा बिहान १०:३० बजेदेखि रेमेम्बरेन्स डे मनाउने भएको छ ।
कम्युनिटीका अध्यक्ष मन गुरुङले दिएको जानकारीअनुसार बिहान १०:३० बजे प्रिन्सेस गार्डन सर्जरीमा भेट भई मार्च पास गरी भिक्टोरिया क्रस (भिसी) विजेता कुलवीर थापामगरको शालिक अगाडी जम्मा हुने कार्यक्रम छ । त्यहाँ पण्डित पवन दाहाल र लामा गुरु खेन्पो कर्मा चुस्त्रिमले अस्तमंगलम मन्त्र पढी आत्मा शान्ति गर्ने र भिसी शालिकमा पुष्पगुच्छा (रिथ) माल्यार्पण गरिने छ।
उक्त कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य र विशेष अतिथिहरु रश्मोर बोरो काउन्सिलका मेयर क्लाइभ ग्राटन र काउन्सिल लिडर काउन्सिलर डेभिड क्लिफोर्ड छन् । साथमा नेपाली कम्मुनिटीका नेताहरू र विभिन्न पार्टीका प्रतिनिधिहरु रहने छन्।
कार्यक्रमको संयोजक क्या रि ग्यारी घले रहनुभएको छ भने उपाध्यक्ष उत्तरबहादुर गुरुङ, मेजर रि खिम गौचन र कार्यबाहक महासचिव सुशिला थापा मगरले सहयोग गरिरहनु भएको छ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा