
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके र वेल्सस्थित ड्रला जोङ्ग रिट्रिट सेन्टरका धर्मगुरु न्याक च्याङ्ग रिन्पोछेबीच भेटघाट भएको छ ।
गत सोमबार बीसीसी यूकेको अल्डरसटस्थित गुम्बा उक्त भेटघाट भएको हो ।
उक्त भेटघाट कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङले धर्मगुरु च्याङ्गलगायतको टिमलाई स्वागत गर्दै बीसीसी यूकेको स्थापना, यसले गर्दै आएको विभिन्न धार्मिक कर्मकाण्ड एवं परोपकारी कार्यहरुको बारेमा जानकारी गराएका थिए ।
उक्त भेटघाटमा च्याङ्ग रिन्पोछेले ड्रला जोङ्ग रिट्रिट सेन्टरको बारेमा जानकारी गराउँदै रिट्रिट सेन्टर हाल भवन निर्माणको अनुमितको लागि आवेदन गरिएको बताए । त्यस्तै, बीसीसी यूकेको तर्फबाट अध्यक्ष हर्कबहादुर गुरुङलगायतले निकट भविश्यमा दुवै संस्था मिलेर विभिन्न महत्वपूर्ण कार्यहरु गर्न सकिने विश्वास व्यक्त गरे । सो क्रममा बीसीसी यूकेको टिमले आगामी वसन्तमा रिट्रिट सेन्टरको भ्रमण गर्ने तय भएको बीसीसी यूकेले जनाएको छ।
उक्त रिट्रिट सेन्टरका च्याङ्ग रिन्पोछेसहित ४ जनाको टोलीलाई बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङलगायत बीसीसी परिवारले खादा लगाई गुम्बामा स्वागत गरिएको थियो । सो क्रम रिन्पोछेले गुम्बा दीप प्रज्ज्वलन, शाक्यमुनी बुद्धको प्रतिमा र छोर्तेनमा दर्शन गरेका थिए ।
सो भेटघाटमा बीसीसी यूकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, अध्यक्ष हर्क बहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, ट्रष्टीज डा. कपिल रिजाल, महासचिव मेजर हितमान गुरुङ, आमा उप–प्रमुख जगना गुरुङलगायत आमाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा