
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके र वेल्सस्थित ड्रला जोङ्ग रिट्रिट सेन्टरका धर्मगुरु न्याक च्याङ्ग रिन्पोछेबीच भेटघाट भएको छ ।
गत सोमबार बीसीसी यूकेको अल्डरसटस्थित गुम्बा उक्त भेटघाट भएको हो ।
उक्त भेटघाट कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङले धर्मगुरु च्याङ्गलगायतको टिमलाई स्वागत गर्दै बीसीसी यूकेको स्थापना, यसले गर्दै आएको विभिन्न धार्मिक कर्मकाण्ड एवं परोपकारी कार्यहरुको बारेमा जानकारी गराएका थिए ।
उक्त भेटघाटमा च्याङ्ग रिन्पोछेले ड्रला जोङ्ग रिट्रिट सेन्टरको बारेमा जानकारी गराउँदै रिट्रिट सेन्टर हाल भवन निर्माणको अनुमितको लागि आवेदन गरिएको बताए । त्यस्तै, बीसीसी यूकेको तर्फबाट अध्यक्ष हर्कबहादुर गुरुङलगायतले निकट भविश्यमा दुवै संस्था मिलेर विभिन्न महत्वपूर्ण कार्यहरु गर्न सकिने विश्वास व्यक्त गरे । सो क्रममा बीसीसी यूकेको टिमले आगामी वसन्तमा रिट्रिट सेन्टरको भ्रमण गर्ने तय भएको बीसीसी यूकेले जनाएको छ।
उक्त रिट्रिट सेन्टरका च्याङ्ग रिन्पोछेसहित ४ जनाको टोलीलाई बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङलगायत बीसीसी परिवारले खादा लगाई गुम्बामा स्वागत गरिएको थियो । सो क्रम रिन्पोछेले गुम्बा दीप प्रज्ज्वलन, शाक्यमुनी बुद्धको प्रतिमा र छोर्तेनमा दर्शन गरेका थिए ।
सो भेटघाटमा बीसीसी यूकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, अध्यक्ष हर्क बहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, ट्रष्टीज डा. कपिल रिजाल, महासचिव मेजर हितमान गुरुङ, आमा उप–प्रमुख जगना गुरुङलगायत आमाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा