लन्डन । ७ मेमा सम्पन्न बेलायतको स्थानीय निर्वाचनमा नेपाली मुलका एक बेलायती दम्पत्ति एकैपटक निर्वाचित भएका छन् । श्रीमति लक्ष्मी गैरे र श्रीमान् शंकर गैरे स्वान्ली टाउन काउन्सिलको काउन्सिलर पदमा विजयी भएका हुन् । एउटै वडा र एउटै परिवारबाट निर्वाचित हुने उनीहरु सम्भवतः पहिलो नेपाली दम्पत्ति हुन् । दुवैको काउन्सिलरपछि डेपुटी मेयरमा पदोन्नति भएको छ ।
निर्वाचित १६ काउन्सिलहरुमध्येबाट एक मेयर र एकजना डेपुटी मेयर चुन्ने प्रचलन बमोजिम श्रीमान् शंकर गैरे डेपुटी मेयर छानिएपछि श्रीमति स्वतः डेपुटी मेयर घोषित भएकी हुन् । काउन्सिलरको अवधि ५ वर्ष भएपनि मेयर भने प्रत्येक वर्ष परिवर्तन हुने प्रक्रिया छ ।
यी दम्पत्तिले सत्तारुढ कन्जरभेटिभका तर्फबाट अत्यधिक मतले जितेका हुन् । शंकर गैरे सन् २०१० मा काउन्सिलरका लागि लडेपनि उनले ६ मतले मात्र पराजय भोगेका थिए । ब्रिटिशहरुको वाहुल्यता रहेको गैरेको क्षेत्रमा एसियन कोही छैनन् ।
रुपाकोट ९, गुल्मी स्थायी निवासी शंकर गैरे सन् २००५ यता पार्टीमा सक्रिय रुपमा क्रियाशिल छन् । सन् १९९४ मा पढ्न बेलायत आएका उनको यहां नेपाली समुदायसंग पनि निकट सम्वन्ध छ । यती नेपाली एसोसिएसन यूकेको सदस्य, महासचिव र वरिष्ठ उपाध्यक्ष रहेर काम गरिसकेका उनी नेपाली साहित्य विकास परिषद यूकेमा तीन कार्यकालसम्म सहअध्यक्ष थिए । नेपाल छंदा भलिवलका राष्टिय खेलाडी थिए उनी । हाल बेलायतमा उनको हेक्नी क्यारेज ब्ल्याक क्याब व्यवसाय छ ।
उता, सन् १९९७ मा बेलायत आएकी लक्ष्मी गैरे काउन्सिलरमा निर्वाचित हुने पहिलो नेपाली महिला भएको गैरे परिवारको विश्वास छ । उनी सन् २०१० देखि पार्टीमा लागेकी हुन् । गैरे दम्पत्तिका दुई छोरा छन् ।
निर्वाचित भएपछि गैरेले स्थानीय काउन्सिलको विकास योजना, अपराध नियन्त्रण, रेलवे लगायत सेवा विस्तारमा समय दिने अठोट व्यक्त गरेका छन् । निर्वाचित काउन्सिलरहरुको पहिलो बैठक आगामी १ जुनमा हुंदैछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते