
लण्डन । प्रेम गाहा मगर अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले गत शुक्रबार राति आएको भूकम्पमा प्रभावितहरूका लागि सहयोग संकलन शुरु गरेको छ ।
यसका लागि गोफन्डमीमा सहयोग संकलनको खाता समेत खोलिएको छ ।
गाहामगरका अनुसार एनआरएनए युकेले यसबाट संङ्कलित सहयोग एनआरएनएका पूर्व अध्यक्ष तथा डा. शेष घलेको नेतृत्वमा भुकम्प प्रभावित क्षेत्रमा तत्कालिन र दीर्घकालिन सहयोगका लागि प्रदान गरिने छ ।
एनआरएनए युकेले यस आपतकालिन अवस्थामा सहयोग गर्न सबैमा अपील गरेको छ । सहयोग गर्न चाहनेहरूले https://gofund.me/bc08f329 मा गई सहयोग गर्नसक्नुहुनेछ ।
शुक्रबार राति नेपालको जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
एनआरएनए यूकेले सो घटनाबाट आफू अत्यन्त दुःखीत भएको बताउँदै भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा