
आसफोर्ड । बेलायतको आसफोर्ड केन्टस्थित सगरमाथा गोर्खा/नेपाली सामाज आश्फोर्ड केन्टले विक्रम सम्वत २०८० साल दशैँ /तिहार संयुक्त कार्यक्रम आयोजना गरी मनाएको छ ।
४ नोभेम्बर २०२३, शनिबारको दिन सेन्ट साइमन हल आसफोर्डमा भएको सो कार्यक्रम समितिका अध्यक्ष डम्बर लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथिमा स्थानिय मेयर ल्यारी क्रस हुनुहुन्थ्यो भने विशेष अतिथिमा सांसद दामियन ग्रीनका साथै विभिन्न स्थानिय राजनीतिक पार्टीका प्रमुख वा प्रतिनिधिहरु अतिथिको रुपमा आसिन हुनुहुन्थ्यो । अपरान्ह ४ः३० बजे हलको ढोका खोलिएको भएता पनि कार्यक्रमलाई समितिका महासचिव रामप्रसाद लिम्बुले साँझ ६ः३० बजे औपचारिक रुपमा कार्यक्रम सुरु गर्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि र विशेस अतिथिको बाहुलीबाट पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गरिएको कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष मोहन लिम्बुले स्वागत मन्तब्य र अर्का उपाध्यक्ष तथा कार्यक्रम संयोजक बसुन्धरा नयोंग राईले कार्यक्रम सफल गराउनको लागी अहोरात्र खटिनु हुने समितिका सदस्य तथा सहयोगी र कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिनु भएको थियो।
औपचारिक कार्यक्रमको बीच भागमा समाजमा लामो समय योगदान दिनुहुने समाजसेवी चक्र साम्पाङ्ग राई र भीम तुम्बाहाम्फे लिम्बुलाई योगदानको कदर गर्दै सम्मान पत्रले सम्मानित गरिएको थियो । सम्मानित हुनुहुने चक्र साम्पाङ्ग राई समाजका पूर्व अध्यक्ष साथै हाल समितिको भवन खरीद तथा निर्माण समितिका निर्देशक हुनुहुन्छ भने तुम्बाहाम्फे गोर्खा पिस फाउन्डेसनका प्रमुख हुनुहुन्छ । उहाँले लामो समयदेखि स्थानिय वृद्धवृद्धाहरुलाई सहयोग गर्दै आउनु भएको छ ।
मन्तव्यको क्रममा प्रमुख अतिथि र विशेस अतिथिले सगरमाथा गोर्खा नेपाली समाज आशफोर्ड केन्टले स्थानिय तहमा धेरै राम्रा राम्रा परोपकारी तथा सामाजिक कामहरु गरेको र आश्फोर्ड बरो काउन्सिललाई ठूलो सहयोग पुर्याएको हुनाले समितिले अगाडी बढाएको कम्युनिटी हल परियोजनालाई सहयोग गर्ने कुरा बताउनु भएको छ । त्यसैगरी सांसद दामियन ग्रीनले निवर्तमान आशफोर्ड मेयर जेनी वेवले नेपाली समाजलाई कम्युनिटी हल परियोजना बारे काउन्सिलसँगको कामलाई सहजीकरण गरी ठूलो भूमिका खेल्न सफल भएको कुरा बताउनु भयो ।
कार्यक्रममा विभिन्न जाति हरुको आफ्नो मौलिक तथा सास्कृतिक गीत नृत्य लगायत विभिन्न नेपाली लोक गीत नृत्य प्रस्तुत गरिएको थियो भने अतिथि कलाकार गायिका मेनुका राईको जोडदार प्रस्तुति रहेको थियो । समितिले उपाध्यक्ष दुर्गा पाङ्गमा लिम्बुको संयोजकत्वमा १८ नोभेम्बर २०२३ शनिबारको दिन पुन सेन्ट साइमन हलमा देउसी÷भैलो कार्यक्रमको आयोजना गरेको जानकारी गराएको छ ।
समितिले हरेक वर्ष यसरी नै नेपालीहरुको वार्षिक चाड दशैँ तिहार संयुक्त रुपमा मनाउने गरेको छ । यसपटक स्थानिय बासिन्दाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा नेपाली खाना र नृत्य हरुमा रमाएका थिए । मौसमको प्रतिकूलता भएता पनि कार्यक्रमको अन्तिमसम्म बाक्लो उपस्थितिले हल खचाखच रह्यो । कार्यक्रम राति ११ः०० बजे समापन गरिएको थियो।
चक्र साम्पाङ राईबाट
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा