
लन्डन । वार्षिक १.१ अरब पाउण्ड बढिको व्यापार गर्ने एउटा अन्तर्राष्ट्रिय कम्पनी सोडेक्सोले नेपालको भूकम्प पीडितलाई ५० हजार यूरो सहयोग
गर्ने घोषणा गरेको छ । कर्पोरेट चियरम्यान फिल हुपरले भूकम्प पीडितलाई कम्पनीको तर्फबाट पचास हजार यूरो र कम्पनीको रक्षा विभागले अलग्गै अरु पैसा उठाउने निर्णय गरेको जानकारी गराएका हुन् ।
महाविपत्ति लगत्तै विक्षिप्त बनेका नेपाल हार्ट फाउण्डेशन यूकेका अध्यक्ष
एवं साहित्यकार विकलचन्द्र आचार्यले आफू काम गर्ने कम्पनी सोडेक्सोको यूके तथा आयरल्याण्डकी कार्यकारी निर्देशक डेवी ह्वाइट समक्ष पीडितलाई सहयोग गर्न याचना गर्दै इमेल लेखेका थिए । डेवीले आचार्यको अनुनय कर्पोरेट चियरम्यान फिल हुपर समक्ष पुर्याएको तीनदिनपछि हुपरले भूकम्प पीडितलाई कम्पनीको तर्फबाट पचास हजार यूरो सहयोग गर्ने जानकारी दिएका थिए । घोषित रकम विश्वासिलो च्यारिटीमार्फत नेपाल पठाउने कम्पनीको सोच छ ।
यस कम्पनीको बेलायत र आयरल्याण्डमा ३५ हजार बढि कर्मचारी छन् । संसारभर तीन लाख भन्दा बढी कर्मचारी भएको सोडेक्सो ग्लोबल भनेर चिनिने उक्त कम्पनी फ्रान्समा ६० को दशकमा स्थापना भएको हो ।
सोडेक्सो यूके तथा आयरल्याण्डकी कार्यकारी निर्देशक डेवीले नेपालमा गएको भूकम्पले आफू दुःखी भएको बताएकी छिन् ।
‘म जन्मेको देश नेपाल भूईंचालोले अस्तव्यस्त छ । भूकम्पको केन्द्र बिन्दु रहेको मेरो गृह जिल्ला गोरखा र त्यहांका मेरा समस्तजनहरु कठोर समस्यासंग जुधिरहेका छन् । सम्भव भए हाम्रो कम्पनीबाट सहयोग जुटाउन पहल गरिदिन आग्रह गर्दछु भनेको थिएं यो निर्णय भएछ’, आचार्यले सुनाए ।
२२ वर्ष यता बेलायतमा रहेर हाल सोडेक्सोमा कार्यरत आचार्य थप्छन्, ‘म सधंै झैं काममा गएं । सबैले नेपालको भूईंचालोको गफ गरिरहेका छन् । परिवारलाई कस्तो छ ? धनजनको नोक्सान के कति छ ? कस्तो छ परिवेश भनेर सबैले सोधिरहेछन् । उनीहरुको माया र करुणा देखेपछि मैले कम्पनीले केही सहयोग गर्छ कि भनेर निवेदन गरें ।’
कम्पनीका कर्मचारीहरुले भूकम्पको पीडाले आक्रान्त मानिसहरुलाई केही सहयोग गर्न लागेकामा आचार्यले उनीहरुको महानताको प्रशंसा समेत गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते