
गोर्खाहरुको साहस र इमान्दारितालाई बेलायती राजपरिवार देखि सर्वसाधारण जनतासम्मले उच्च प्रशंसा गर्ने गरेका छन् । तस्विरः अलामी
लन्डन । सिटी अफ लन्डन पुलिसले मासिक ५ प्रतिशत व्याज दिने क्यापिटल वोर्ल्ड मार्केट (सिडब्लुएम) को प्रलोभनमा सयौं गोर्खा ठगिएको हुन सक्ने चिन्ता व्यक्त गरेको छ ।
नगद लगानीपछि उच्च व्याज दिने उक्त कम्पनीको प्रलोभनमा केही गोर्खाले पेन्सन र वचत गरि राखेको हजारौं पाउण्ड गुमाएको उल्लेख गर्दै ठगिएका गोर्खाको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीलाई उधृत गर्दै बेलायती अखवार दि टेलिग्राफले जनाएको छ । पत्रिकाले आफ्नो अनुसन्धानपछि लेखेको छ, ‘लोभलाग्दो मार्केटिङ प्रस्तुति र ग्लोसी क्याटलग बांडेर गोर्खाहरुलाई सजिलै फंसाइएको छ ।’
समकक्षी ब्रिटिश आर्मीले पाउने तुलनामा धेरै न्यून पेन्सन पाइरहेका भूपू गोर्खामाझ लगानीपछि आकर्षक ब्याज (हाइ यिल्ड इन्भेष्टमेन्ट) को अवसरबारे छिट्टै हल्ला
फैलिएको विश्वास गरिएको छ । गोर्खाहरुको साहस र इमान्दारितालाई बेलायती
राजपरिवार देखि सर्वसाधारण जनतासम्मले उच्च प्रशंसा गर्ने गरेका छन् । ति सोझा गोर्खाको इमान्दारिता र विश्वासको फाइदा उठाएर फर्जी काम भएको अनुमान छ । गोर्खाहरु ब्रिटिश सेनामा प्रवेश गरेको दुईसय वर्ष गांठ मनाउने तयारी भइरहेको छ ।
प्रहरीले कम्पनीको छलबाट शिकार भएका ६० जनालाई यसबारे लिखित रुपमा अवगत गराइसकेपनि यो संख्या सयौं बढि हुने चिन्ता छ ।
सिटी अफ लन्डन पुलिसले मनि लउन्डरिङ (अपचलन) तथा झुटा आश्वासन बांडेको आरोपमा सिडब्लुएम आवद्ध १३ जनालाई पक्राउ गरि पछि सेप्टेम्बरसम्मका लागि जमानतमा छाडेको छ । अनुसन्धानका लागि फाइनान्सियल कन्डक्ट अथोरिटीको सहयोगमा प्रहरीले कम्पनीका कम्प्युटर र अन्य कागजात समेत जफत गरेको टेलिग्राफले जनाएको छ ।
सिटी अफ लन्डन पुलिस डिटेक्टिभ चिफ इन्सपेक्टर डेभिड म्यान्लेले त्यो कम्पनीमा लगानी गर्ने गोर्खा तथा नेपाली समुदायबाट थप जानकारी खोजिरहेको बताएका छन् । यदि यसबारे कसैलाई थाहा भए जानकारी दिन आग्रह गर्दै डेभिडले त्यो व्यक्ति र सूचनाबारे गोप्य राखिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग