
गोर्खाहरुको साहस र इमान्दारितालाई बेलायती राजपरिवार देखि सर्वसाधारण जनतासम्मले उच्च प्रशंसा गर्ने गरेका छन् । तस्विरः अलामी
लन्डन । सिटी अफ लन्डन पुलिसले मासिक ५ प्रतिशत व्याज दिने क्यापिटल वोर्ल्ड मार्केट (सिडब्लुएम) को प्रलोभनमा सयौं गोर्खा ठगिएको हुन सक्ने चिन्ता व्यक्त गरेको छ ।
नगद लगानीपछि उच्च व्याज दिने उक्त कम्पनीको प्रलोभनमा केही गोर्खाले पेन्सन र वचत गरि राखेको हजारौं पाउण्ड गुमाएको उल्लेख गर्दै ठगिएका गोर्खाको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीलाई उधृत गर्दै बेलायती अखवार दि टेलिग्राफले जनाएको छ । पत्रिकाले आफ्नो अनुसन्धानपछि लेखेको छ, ‘लोभलाग्दो मार्केटिङ प्रस्तुति र ग्लोसी क्याटलग बांडेर गोर्खाहरुलाई सजिलै फंसाइएको छ ।’
समकक्षी ब्रिटिश आर्मीले पाउने तुलनामा धेरै न्यून पेन्सन पाइरहेका भूपू गोर्खामाझ लगानीपछि आकर्षक ब्याज (हाइ यिल्ड इन्भेष्टमेन्ट) को अवसरबारे छिट्टै हल्ला
फैलिएको विश्वास गरिएको छ । गोर्खाहरुको साहस र इमान्दारितालाई बेलायती
राजपरिवार देखि सर्वसाधारण जनतासम्मले उच्च प्रशंसा गर्ने गरेका छन् । ति सोझा गोर्खाको इमान्दारिता र विश्वासको फाइदा उठाएर फर्जी काम भएको अनुमान छ । गोर्खाहरु ब्रिटिश सेनामा प्रवेश गरेको दुईसय वर्ष गांठ मनाउने तयारी भइरहेको छ ।
प्रहरीले कम्पनीको छलबाट शिकार भएका ६० जनालाई यसबारे लिखित रुपमा अवगत गराइसकेपनि यो संख्या सयौं बढि हुने चिन्ता छ ।
सिटी अफ लन्डन पुलिसले मनि लउन्डरिङ (अपचलन) तथा झुटा आश्वासन बांडेको आरोपमा सिडब्लुएम आवद्ध १३ जनालाई पक्राउ गरि पछि सेप्टेम्बरसम्मका लागि जमानतमा छाडेको छ । अनुसन्धानका लागि फाइनान्सियल कन्डक्ट अथोरिटीको सहयोगमा प्रहरीले कम्पनीका कम्प्युटर र अन्य कागजात समेत जफत गरेको टेलिग्राफले जनाएको छ ।
सिटी अफ लन्डन पुलिस डिटेक्टिभ चिफ इन्सपेक्टर डेभिड म्यान्लेले त्यो कम्पनीमा लगानी गर्ने गोर्खा तथा नेपाली समुदायबाट थप जानकारी खोजिरहेको बताएका छन् । यदि यसबारे कसैलाई थाहा भए जानकारी दिन आग्रह गर्दै डेभिडले त्यो व्यक्ति र सूचनाबारे गोप्य राखिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण