
लण्डन । बेलायती रक्ष मन्त्री ग्रान्ट साप्सले युक्रेनी सैनिकहरुलाई तालिम दिनका लागि बेलायतले बेलायती सेना युक्रेन पठाउन सक्ने बताएका छन् ।
सत्तारुढ कन्जरभेटिभ पार्टीको सम्मेलनको पूर्वसन्ध्यामा द टेलिग्राफलाई दिएको अन्तर्वार्तामा उनले यसबारेमा बेलायती सेनाका प्रमुखहरुसित र युक्रेनका राष्ट्र्पतिसँग छलफल गरेको जानकारी दिएका छन् ।
अहिले बेलायती सेनाले युक्रेनी सेनालाई बेलायतमै तालिम दिइरहेकोमा सो तालिमलाई अझै नजिकको स्थानमा दिलाउन र सकेसम्म युक्रेनी भूमिमै दिलाउने आफूले प्रयास गरिरहेको उनले बताएका छन् ।
युक्रेनी सेनामा बेलायती नागरिकहरु लड्दै आएको भए पनि औपचारिक रुपमा बेलायती सेना नै परिचालन भने भएको छैन । यदि साप्सको योजना लागू भएमा पहिलोपटक युक्रेनको लडाइँमा बेलायती सेनाको प्रवेश हुनेछ ।
हालसम्म बेलायतले करिब २० हजार युक्रेनी सेनालाई तालिम दिइसकेको बताइएको छ ।
युक्रेनमा लडाइँ शुरु भएपछि नाटोका सदस्य राष्ट्र्हरुले युक्रेनबाट तालिम हटाएका छन् ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण