
लण्डन । बेलायती संसद हाउस अफ कमन्सका सभामुख सर लिण्डसे होयलको प्रमुख आतिथ्यतामा हेल्थ एक्सचेन्ज नेपाल युकेले १५ औं वार्षिकोत्सव तथा च्यारिटी बल सम्पन्न गरेको छ ।
शनिबार इङल्याण्डको उत्तर-पश्चिममा अवस्थित श-हिल गोल्फ कोर्समा आयोजित सो समारोहमा बेलायती संसद सभामुख सर लिन्डसे होयलसहित बेलायतका लागि नेपालका राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथि थिए। सो अवसरमा एडिनबर्गको रोयल कलेज अफ फिजिसियनका अध्यक्ष प्रा एन्ड्रयु एल्डर, रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्गका तत्कालिन पूर्व अध्यक्ष प्रा माइकल ग्रिफिन र सांसद सर मार्क हेन्ड्रिक पनि उपस्थित थिए। समारोहमा १ सय ७० जना बेलायत र नेपालका डाक्टरहरू सहभागी थिए ।
बेलायती संसदका सभामुख सर लिन्डसे होयलले कार्यक्रममा नेपाली डाक्टरले आफ्नो ज्यान बचाएको स्मरण गर्नुभएको थियो।
सर होयल नेपाललाई सहयोग गर्न धेरै इच्छुक हुनुहुन्छ र केही महिना अघि उहाँले बेलायत संसद भवन वेस्टमिन्स्टर दरबारमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको परिचय दिन एक कार्यक्रम आयोजना गर्नुभएको थियो।
कार्यक्रममा दुवै एडिनबर्ग रोयल कलेजका अध्यक्षहरूले हेल्थ एक्सचेन्जमार्फत नेपालसँग घनिष्ठ सम्बन्ध विस्तार भएको र नेपालमा चिकित्सकीय तालिमको स्तर सुधार गर्न आफूहरूले चालेका विभिन्न कदमहरूबारे जानकारी दिनुभयो ।
एक्सचेन्जका महासचिव प्रा सत्यन राजभण्डारीले यो परोपकारी संस्था सन् २००८ मा स्थापना भएदेखिनै नेपाललाई चिकित्सा र शैक्षिक क्षेत्रमा सहयोग प्रदान गर्दै आएको बताउनुभयो । संस्थाले नेपालमा धेरै तालिम कार्यक्रममा सञ्चालन गरेको, भूकम्प तथा कोभिडको समयमा सहयोग गरेको र बेलायतमा धेरै नेपाली डाक्टर र नर्सहरूलाई तालिमको अवसर दिएको बताउनुभयो । संस्था दिन प्रतिदिन बलियो हुँदै गएको र संस्थाले विशेषज्ञ प्रवासी नेपालीहरूलाई आफ्नो मातृभूमिलाई सहयोग गर्ने बाटो खोलेको उहाँले बताउनुभयो ।

तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण