
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका पूर्व उपाध्यक्ष राष्ट्र कुमार राईको विहीबार हृदयघातबाट निधन भएको छ ।
घरमा बस्दाबस्दै श्वास फेर्न असजिलो भएपछि एम्बुलेन्स बोलाएर उपचारका लागि अस्पताल लाँदालाँदै उनको निधन भएको एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरले जानकारी दिए ।
राई ५८ वर्षको हुनुहुन्थ्यो ।
गाहाका अनुसार राई विहिबार दिउँसो ब्याडमिन्टन खेल्न जानुभएको थियो । खेलबाट फर्केपछि घरमा सोफामा बस्दाबस्दै साँझ ७:३० बजेतिर जाडो भएको महसुस भएपछि श्रीमतीलाई सोको जानकारी गराउनुभएको थियो । त्यसपछि उहाँलाई श्वास फेर्न असजिलो भएको बताइएको छ ।
बेलायतको मेडिस्टोनमा सपरिवार बस्दै आउनुभएका राई बेलायतको नेपाली समुदायभित्र खेलप्रेमी, तेक्वान्दोका गुरुका रूपमा पनि चिनिनुहुन्छ ।
खोटाङको लामाखुमा जन्मनुभएका राई ब्रुसलीबाट प्रभावित भएर सानैदेखि तेक्वान्दो खेलमा आकर्षित हुनुभयो । त्यसलाई नै अघि बढाउँदै उहाँले बेलायती सेनामा कार्यरत रहँदा र अवकासपछि मृत्युपर्यन्त अगाडी बढाइरहनुभयो ।
बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङको उहाँ ग्राण्ड मास्टर हुनुहुन्थ्यो भने तेक्वान्दोमा उहाँ छैटौँ डान पनि हुनुहुन्थ्यो । हाल उहाँ एनआरएनए स्पोर्टस् एकेडेमीको संयोजक पनि हुनुहुन्थ्यो ।
राजनीतिक, सामाजिक सेवाका साथै राई एक कुशल चित्रकार पनि हुनुहुन्थ्यो । उहाँ पछिल्लो समय ट्याटू आर्टमा पनि रूचि राख्नुहुन्थ्यो ।
बेलायती सेनाबाट अवकास पाएपछि पनि उहाँ पुन: शारीरिक तालिम निर्देशकका रूपमा बेलायती सेनामै कार्यरत हुनुहुन्थ्यो ।
राईका पाँच दाजुभाइ बेलायती सेनामा कार्यरत हुनुहुन्छ भने एक भाइ भारतीय गोरखामा । राईका छोरा पनि बेलायती सेनामै हुनुहुन्छ र उहाँ बक्सिङ खेलाडी हुनुहुन्छ । राईका एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ ।
सधैँ शारीरिक अभ्यासमा सक्रिय रहनुहुने राईको ५८ वर्षको उमेरमै निधनले धेरैलाई अचम्भित तुल्याएको छ । पूर्व बक्सिङ खेलाडीसमेत रहेका प्रेम गाहामगर बढ्दो उमेरसँगै शरीरमा आउने परिवर्तनहरूलाई ख्याल गर्दै शारीरिक अभ्यास र चिकित्सकको सल्लाहलाई सन्तुलन मिलाउन सुझाव दिनुहुनुहुन्छ । चिकित्सकले औषधि लिन सिफारिस गरेमा त्यसलाई अस्वीकार नगरी औषधि पनि लिने कसरत पनि गरेमा दीर्घायुमा सहयोग पो पुग्थ्यो कि भन्ने गाहाको भनाइ छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण