
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके अल्डरसटमा श्रद्धेय हिज इमिनेन्स फाग्छोग् रिन्पोछेद्वारा बीसीसी यूकेमा धार्मिक प्रवचन दिएका छन् ।
गत सोमबार ११ सेप्टेम्बरका दिन हिज इमिनेन्स फाग्छोग् रिन्पाछेले खोरवा दोङटुक अवलोकेतेश्वरको साधना आगाम तथा चार चित्ता परिवर्तनबारे प्रवचन दिएका थिए । उनले अंग्रेजी र नेपाली भाषामा प्रवचन दिएका थिए ।
भारतको जोङ्सर शेद्राबाट परम्परागत शिक्षा प्राप्त गरेका श्रद्धेय रिन्पोछे धार्मिक प्रवचनका लागि संसारका विभिन्न स्थानमा पुग्ने क्रममा गत सोमबार बीसीसी यूकेको अल्डरसटस्थित गुम्बामा आएका हुन् ।
मानिसको जीवन शैली र अभ्यास शैलीबाट धर्म र नीजि जीवनमा सन्तुलन राखी आधुनिक संसारमा कसरी अभ्यास गर्न सकिन्छ भन्ने बारे विशेष प्रवचन दिएका श्रद्धेय रिन्पोछेले अध्ययन र चिन्तनको जग बसाले पछि मात्र बुद्ध धर्मको गहन सिद्धान्त बुझ्न सकिने विश्वास व्यक्त गरे ।
बेलायतका विभिन्न स्थानबाट सहभागी भक्तजनहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बीसीसी युकेको तर्फबाट अध्यक्ष हर्क बहादुर गुरुङ र बीसीसी युके आमाहरुको तर्फबाट आमा प्रमुख उर्मिला गुरुङलगायत पदाधिकारी एवं सदस्यहरुले श्रद्धेय रिन्पोछेप्रति मण्डला अर्पण गरेका थिए ।
सो अवसरमा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङ श्रेद्धय रिन्पोछे गुरुको स्वागत गर्दै बीसीसी युकेले हालसम्म गर्दै आएका विभिन्न धार्मिक, सामाजिक एवं परोपकारी कार्य बारे जानकारी गराए । त्यस्तै, उनले बीसीसी युकेलाई श्रद्धेय गुरुले यसअघि तारा डोल्मा देवीको मूर्ति प्रदान गरेको स्मरण गर्दै धन्यवाद दिए । साथै, उनले बीसीसी यूकेको आगामी परियोजनाहरु बारे जानकारी गराउँदै सो परियोजनालाई सहयोग गर्न सहभागी भक्तजनहरुमा आग्रह गरे ।
बीसीसी युकेका उपाध्यक्ष क्याप्टेन देव घलेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा लामा निमा लुङ्गरिक रिन्पोछे, खेन्पो कर्म छुल्त्रिम, खेन्पो फुर्तेम्बा, खेन्पो छेवाङ्गलगायत धर्म गुरुहरुको विशेष उपस्थिति रहेको थियो । त्यस्तै, बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्षहरु लेप्टन नारायण प्रसाद गुरुङ, बिएमई, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, निवर्तमान आमा प्रमुख पुष्पा गुरुङलगायत कार्यसमितिका पदाधिकारी, आमाहरु, भक्तजनहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा बीसीसी युकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक क्याप्टेन देव घलेले कार्यक्रममा सहभागी भैदिएकोमा हिज इमिनेन्स क्याब्गन फाग्छोग् रिन्पोछे लगायत, कार्यसमिति, आमाहरु, पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, भक्तजनहरुलगायत सबै सहभागीलाई धन्यवाद दिए ।
बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष आङ्गदावा शेर्पाले रिन्पोछेको जीवनी पढेर सुनाएका भने महासचिव मेजर हितमान गुरुङले औपचारिक कार्यक्रम संचालन गरेका थिए ।

अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा