
लण्डन । बेलायतका नयाँ रक्षामन्त्रीमा ग्रान्ट शाप्स नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्री सुनकको कार्यायलयले ५४ वर्षीय ऊर्जामन्त्री ग्रान्ट शाप्सलाई रक्षामन्त्री नियुक्त गर्नुभएको घोषणा गरेको छ ।
नयाँ रक्षामन्त्री शाप्सले बेलायती रक्षामन्त्रीका रुपमा आफूले रुसको अन्यायपूर्ण आक्रमणका विरुद्ध युक्रेनलाई सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको बताएका छन् ।
यसअघिका रक्षा मन्त्री बेन वालेसले पदबाट राजीनामा दिनुभएको छ । गत महिना उहाँले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो ।
अठार वर्षदेखि संसद् सदस्य रहनु भएका वालेस विन्स्टन चर्चिलपछि सबैभन्दा लामो समयसम्म बेलायतको रक्षा मन्त्रालय सम्हाल्ने कन्जर्भेटिभ दलको नेता हुनुहुन्छ । नौ वर्ष मन्त्री रहनुभएका उहाँले चार वर्ष रक्षामन्त्रीका रुपमा सेवा गर्नुभएको हो ।
त्रिपन्न वर्षीय वालेसलाई प्रधानमन्त्री ऋषि सुनकले पठाउनुभएको पत्रमा रुसविरुद्ध युक्रेनका लागि पश्चिमा सहयोगीहरूको समर्थन जुटाउन उहाँले निर्वाह गर्नुभएको प्रमुख भूमिका तथा देशप्रतिको समर्पण र सीपको प्रशंसा गर्नुभएको छ ।
शिक्षामन्त्री क्लारी कुथिन्होलाई क्याबिनेट मन्त्रीका रुपमा बढुवा गरेर ऊर्जामन्त्रीको जिम्मेवारी दिइएको छ ।
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा