
लण्डन । गोरखा भूतपूर्व सैनिक संस्थाहरूको संयुक्त आयोजनामा अगष्ट २० मा बेलायतमा एक सभाको आयोजना गरिएको छ ।
नेपाल र बेलायत सरकारबीच गोरखाहरूको समस्याका बारेमा चलिरहेको वार्ताको बारेमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले सो सभा आयोजना गरिएको वार्ता समितिका सदस्यसमेत रहेका गोरखा भूतपूर्व सैनिक संघ (गेसो) उपसभापति धर्मबहादुर तामाङले जानकारी दिनुभयो ।
बेलायतका लागि नेपाली राजदुत (जसले वार्तामा नेपाली पक्षको नेतृत्व गरिररहनुभएको छ) पनि सो सभामा आउनुहुने आयोजकहरूले बताएका छन् ।
यही सेप्टेम्बरसम्ममा नेपाल र बेलायतका परराष्ट्र मन्त्रीस्तरीय वार्ता गरी वार्ता टुङ्ग्याउने भनिएकोमा अझै विभिन्न चरणको वार्ता बाँकी रहेको गोरखाहरूले बताएका छन् । अहिले बेलायतको संसद विदामा रहेकाले अवरूद्ध भएको वार्ताको अर्को मिति करिब तय भइसकेको पनि बुझिएको छ । सभामा वार्ताको मिति र गोरखाहरूको अबको आन्दोलनको रणनीतिका बारेमा पनि जानकारी दिइने बताइएको छ ।
सभाको आयोजकमा विभिन्न १०वटा गोरखा भूतपूर्व सैनिकहरूको संस्था (जी-१०) रहेको छ ।
ग्रेन्ज स्कल फार्नब्रोमा दिउँसो १२ बजेदेखि हुने सो कार्यक्रममा गोरखाहरूलाई आफैँ उपस्थित भई वार्ताका बारेमा जानकारी लिन आयोजकले अपील गरेका छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
बेलायतमा ईष्ट लन्डन महिला कम्युनिटीले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनायो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित