
लन्डन । बेलायत निवासी साहित्यकार केदार सुनुवार ‘संकेत’ लाई युद्धसाहित्य पुरस्कार प्रदान गरिएको छ ।
‘अफगानी रणमैदान’ उपन्यासका लागि सुनुवारलाई सन् २०२१ को युद्धसाहित्य पुरस्कार प्रदान गरिएको हो ।
शनिबार लण्डनको साउथ ह्यारोमा आयोजित एक कार्यक्रममा संकेतलाई सो पुरस्कार प्रमुख अतिथि साहित्यकार एवम् नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका पूर्वअध्यक्ष दयाकृष्ण राईले हस्तान्तरण गर्नुभयो ।
पुरस्कारको राशी पचास हजार रूपैयाँ र प्रमाणपत्र रहेको छ ।
युद्धकवि, उपन्यासकार एवम् युद्धसाहित्य सिद्धान्तका अभियन्ता गणेश राईको अध्यक्षतामा भएको कार्यक्रम युद्धकवि अप्जसे कान्छाले सञ्चालन गरेका थिए ।
हरेक दुई वर्षमा वितरण गर्ने गरी सन् २०२१ मा सो पुरस्कारको स्थापना गरिएको थियो ।
पुरस्कारको स्थापना युद्ध साहित्य र सिद्धान्तलाई प्रबर्धन गर्न स्थापना गरिएको अर्का युद्धसाहित्य अभियन्ता एवम् साहित्यकार नरेश काङमाङ राईले बताए ।
काङमाङ युद्ध साहित्य पुरस्कार कोष एवम् पहिचान साहित्य पुरस्कार कोष दुवैका संस्थापक हुन् ।
पुरस्कार वितरण समारोहमा लेखक डा. सुमाया राई, सामाजिक अभियान्ता होम सुनुवार, कथाकार जयालक्ष्मी राई, साहित्यकार एवम् पत्रकार विश्वासदीप तिगेला, गायक एवम् सञ्चारकर्मी आकाश सुनुवार, गीतकार सञ्जीव पारदर्शी, गेसो उपाध्यक्ष छेत्रकला राई, साहित्यकार हरिसिङ थापा, गीतकार विश्वकाजी राई उपस्थित थिए ।
पुरस्कृत पुस्तकमाथि साहित्यकार नरेश काङमाङ राईले बोलेका थिए ।

तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण