
अल्डरसट । पाँचौँ अन्लिश योर इनरसेल्फ इभेन्ट अल्डरसटस्थित डी लाउन्ज रेस्टुरेन्टमा आइतबार सम्पन्न भएको छ ।
मानिसलाई स्वस्थ्यकर जीवन जिउन, धन आर्जन गर्न, व्यापार ब्यवसाय संचालन गर्न र खुसी हुन सिकाउने मुख्य उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो।
नेपालको ख्यातीप्राप्त बाँसुरीबादक धन गुरुङ र डीएमटी ब्यान्डका संयोजक दिनेश गुरुङले सुमधुर क्लासिक धुन बजाएर कार्यक्रमको सुरु गरिएको थियो। त्यसपश्चात डा विशाल गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
आयोजक मन गुरुङले अन्लिश योर इनरसेल्फ इभेन्टको उद्देश्य, दृस्तिकोणका बारेमा प्रस्ट्याउँदै व्यक्तित्व विकास गर्न भित्रैबाट शक्ति कसरी निकाल्ने बारेमा जानकारी दिए। यस्तै, दिनेश रोकाले शारीरिक तथा मानसिक तन्दुरुस्त कसरी राख्न सकिन्छ भन्नेबारे, श्याम श्रेष्ठले लेखा तथा वित्तबारे, मेघ गुरुङले योग विज्ञानबारे, एलएन पाण्डेले लगानी र उद्यमशीलताबारे, दिग्विजय घलेले पौष्टिक तत्वबारे, सुमन पुनले व्यापार ब्यबसाय गर्दा ध्यान दिनुपर्ने विषयबारे प्रस्तुति दिनुभएको थियो।
कार्यक्रममा दिनेश गुरुङले डिजे, सिजनले भिडियोग्राफी र दोहोरी कलाकार सागर गुरुङ र हल ब्यवस्थापनमा डी लाउन्जले सहयोग गरेका थिए भने गोल्ड प्रायोजन गोर्खा सेर्भिसेज लिमिटेड र सिल्वर प्रायोजन पेपरवोर्क सोलुशन्सले गरेको थियो।
अन्त्यमा उपस्थित सबैलाई सकारात्मक परिवर्तन हुने अभ्यास गराई प्रत्यक्ष अथवा अप्रत्यक्ष सहयोग पुर्याउने सबैलाई आयोजक मन गुरुङले धन्यवाद दिए।
तस्वीर मिलन तमु
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा