लन्डन । रोयल मेलले आफ्नो नयां टिकट (स्ट्याम्प) मा प्रथम विश्वयुद्ध लड्ने पहिलो भिसी विजेता गोर्खाको तस्विर प्रकाशित गरि उनीप्रति सम्मान दिएको छ । सेकेन्ड बटालियन र थर्ड क्वीन अलेक्जान्ड्राज् ओन गोर्खा राइफल्स्मा सेवा गरेका राइफलम्यान कुलवीर थापाको तस्विर टिकटमा अंकित भएको हो ।
सन् १९१५, सेप्टेम्बर २५ मा थापाको यूनिटमाथि जर्मन सैनिकले आक्रमण गर्दा थापा घाइते भएर पनि एक्लैले आफ्ना दुई सहकर्मी गोर्खा योद्धालाई बचाएका थिए । यही साहसका कारण उनलाई बेलायती सेनाको सबैभन्दा उच्च सम्मानित पदक भिक्टोरिया क्रस (भिसी) प्रदान गरिएको थियो ।
गोर्खा अभियानकी एक हस्ती ब्रिटिश अभिनेत्री जोआना लुम्लेले गोर्खा भेट्रानलाई दिइएको सम्मानप्रति खुशी व्यक्त गरेकी छिन् । लुम्लेले प्रथम विश्वयुद्धमा मातृभूमि देखि धेरै टाढा आएर गोर्खाहरुले देखाएको साहसको पनि स्मरण गरेकी छिन् ।
रोयल मेलले प्रत्येक वर्ष युद्धसंग सम्वन्धित ६ भिन्न विषयवस्तु जस्तै पपीज्, युद्धकला, स्मारक, चित्रआदि अंकित टिकट प्रकाशन गर्दै आएको छ ।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ