
लन्डन । वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइरालाको नेतृत्वमा नेपालमा शुरु गरिएको बाल अस्पताल निर्माण परियोजनाका लागि बेलायतबाट रु २३ लाखभन्दा बढी सहयोग संकलन भएको छ।
गत जुलाई ८ तारिख अल्डरशटमा आयोजित च्यारिटी डिनरबाट खर्च कटाएर १३,७७१.८० पौण्ड बचत भएको च्यारिटी डिनर आयोजक समितिका एक सदस्य चार्टर्ड एकाउन्टेन्ट सचिन श्रेष्ठले बताए। यसबाहेक नेप्लिज डक्टर्स एसोसियशन युकेले उक्त परियोजनाका लागि ५,००५ पौण्ड सहयोग प्रदान गरेको छ भने हेल्थ एक्सचेन्ज नेपालले खोलेको जस्ट गिभिंग पेजबाट ६,००० पौण्ड संकलन भैसकेको छ । तमु धी युकेले रु एक लाख सहयोग गरेको थियो। यसरी अहिलेसम्म रू २३ लाखभन्दा बढी जम्मा भैसकेको श्रेष्ठले बताए। यसैगरी नेप्लिज एकाउन्टेन्टस एसोसियसन यु के तथा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) ले पनि सहयोग संकलन गरिरहेका छन्। सहयोग संकलन हुने क्रम जारी छ।
डा कोइराला अध्यक्ष रहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) ले नेपालका सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको छ। काठमाडौंको हेपाली हाइटमा बाल अस्पताल निर्माणाधीन छ भने दमकमा अस्पतालले सेवा शुरु गरिसकेको छ।
कार्यक्रममा नेप्लिज डक्टर्स एसोसिएसन यूके र कियोचबीच तालिम, प्रशिक्षण, सीप हस्तान्तरण लगायत क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी एक समझदारी पत्रमा पनि हस्ताक्षर गरिएको थियो।
यस अघि ब्रिटिश संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुखको कार्यालयमा आयोजित एक कार्यक्रममा सभामुख सर लिन्ड्से होयलले डा कोइरालाको कामबारे सुनेर आफू निकै प्रभावित भएको बताएका थिए । उनले नेपालप्रति आफ्नो गहिरो प्रेम रहेको बताउँदै नेपालमा बाल अस्पताल निर्माण परियोजनालाई सघाउन सबैलाई आग्रह गरेका थिए।
फ्रेन्ड्स अफ कियोच युकेका संयोजक ओजेश सिंहले नेपालमा निर्माणाधीन अस्पताल परियोजनालाई सघाउने बेलायत निवासी सबै मनकारी नेपालीहरुलाई हार्दिक धन्यवाद दिएका छन्। उनले उक्त परियोजनालाई सफल बनाई सातै प्रदेशमा बालबालिकाहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा पुराउने यो अभियानलाई तन, मन र धनले सघाउन अपिल पनि गरेका छन्। यो लिंकमा गएर उक्त परियोजनालाई सघाउन सकिन्छ:
https://www.justgiving.com/campaign/kioch
तस्वीर मिलन तमु गोरखा मिडिया
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण