
लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले हरेक वर्ष प्रदान गर्ने गरेको नेपाल पत्रकार महासंघ (एफएनजे) युके वर्ष पत्रकारिता पुरस्कार वीनेपाली डटकमका सम्पादक नरेश खपाङ्गीमगरलाई प्रदान गरिने भएको छ ।
शाखाको शनिबार साँझ बसेको भर्चुअल बैठकले खपाङ्गीमगरलाई सन् २०२३ का लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
यसअघि शाखाले डा. बच्चुकैलाश कैनीको संयोजकत्वमा शाखाका संस्थापक अध्यक्ष नविन पोखरेल र लक्ष्मी राई (लारा) रहेको पुरस्कार सिफारिस समिति गठन गरेको थियो ।
शाखाले जुन १ २०२२ देखि मे ३१ भित्र प्रकाशित प्रसारित समाचार सामग्रीसहित पुरस्कारका लागि आवेदन गर्न वा कसैलाई सिफारिस गर्न सार्वजनिक सूचना जारी गरेको थियो । सोअनुसार प्राप्त सामग्रीका आधारमा समितिले पुरस्कृत व्यक्तिको सिफारिस गरेको थियो ।
खपाङ्गीमगरलाई गोरखापत्र दैनिकमा अप्रिल ८, २०२३ प्रकाशित ‘बेलायतमा नेपाली’ शीर्षकको फिचरका लागि पुरस्कार प्रदान गरिएको हो ।
नेपाल पत्रकार महासंघ युकेको संस्थापक सदस्य तथा पूर्व अध्यक्ष खपाङ्गीमगर बेलायतबाट प्रकाशन हुँदै आएको वीनेपाली डटकमको सम्पादक हुनुहुन्छ ।
उहाँले त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा र किंग्स कलेज लण्डनबाट ग्लोबल अफेयर्समा स्नातकोत्तर गर्नुभएको छ ।
वि.सं. २०५९ देखि पत्रकारितामा प्रवेश गर्नुभएका खपाङ्गीमगर सन् २०१० देखि बेलायतमा बसोबास गर्दै आउनु भएको छ । उहाँले दृष्टि साप्ताहिक, राष्ट्रियपथ साप्ताहिक, गोरखापत्र दैनिक, गोरखा सैनिक आवाज मासिक, सगरमाथा टेलिभिजन, युरोपको नेपाली पत्र साप्ताहिक, एभरेष्ट टाइम्स साप्ताहिक, नेपाली सन्देश साप्ताहिक लगायतका सञ्चारमाध्यममा काम गरिसक्नुभएको छ ।
बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई विस्तृत र खोजमूलक पत्रकारितामा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले शाखाले सो पुरस्कारको स्थापना गरेको हो । हरेक वर्ष प्रदान गरिने सो पुरस्कारको राशी ५०२ पाउण्ड र प्रमाणपत्र रहेको छ ।
यसअघि सो पुरस्कार श्रीभक्त खनाल, नविन पोखरेल र खेमराज रानाभाटले पाइसक्नुभएको छ ।
पुरस्कार शाखाको आइतबार अल्डरसटमा आयोजित १२ औँ वार्षिकोत्सवमा वितरण गरिने छ ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’