
लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले हरेक वर्ष प्रदान गर्ने गरेको नेपाल पत्रकार महासंघ (एफएनजे) युके वर्ष पत्रकारिता पुरस्कार वीनेपाली डटकमका सम्पादक नरेश खपाङ्गीमगरलाई प्रदान गरिने भएको छ ।
शाखाको शनिबार साँझ बसेको भर्चुअल बैठकले खपाङ्गीमगरलाई सन् २०२३ का लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
यसअघि शाखाले डा. बच्चुकैलाश कैनीको संयोजकत्वमा शाखाका संस्थापक अध्यक्ष नविन पोखरेल र लक्ष्मी राई (लारा) रहेको पुरस्कार सिफारिस समिति गठन गरेको थियो ।
शाखाले जुन १ २०२२ देखि मे ३१ भित्र प्रकाशित प्रसारित समाचार सामग्रीसहित पुरस्कारका लागि आवेदन गर्न वा कसैलाई सिफारिस गर्न सार्वजनिक सूचना जारी गरेको थियो । सोअनुसार प्राप्त सामग्रीका आधारमा समितिले पुरस्कृत व्यक्तिको सिफारिस गरेको थियो ।
खपाङ्गीमगरलाई गोरखापत्र दैनिकमा अप्रिल ८, २०२३ प्रकाशित ‘बेलायतमा नेपाली’ शीर्षकको फिचरका लागि पुरस्कार प्रदान गरिएको हो ।
नेपाल पत्रकार महासंघ युकेको संस्थापक सदस्य तथा पूर्व अध्यक्ष खपाङ्गीमगर बेलायतबाट प्रकाशन हुँदै आएको वीनेपाली डटकमको सम्पादक हुनुहुन्छ ।
उहाँले त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा र किंग्स कलेज लण्डनबाट ग्लोबल अफेयर्समा स्नातकोत्तर गर्नुभएको छ ।
वि.सं. २०५९ देखि पत्रकारितामा प्रवेश गर्नुभएका खपाङ्गीमगर सन् २०१० देखि बेलायतमा बसोबास गर्दै आउनु भएको छ । उहाँले दृष्टि साप्ताहिक, राष्ट्रियपथ साप्ताहिक, गोरखापत्र दैनिक, गोरखा सैनिक आवाज मासिक, सगरमाथा टेलिभिजन, युरोपको नेपाली पत्र साप्ताहिक, एभरेष्ट टाइम्स साप्ताहिक, नेपाली सन्देश साप्ताहिक लगायतका सञ्चारमाध्यममा काम गरिसक्नुभएको छ ।
बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई विस्तृत र खोजमूलक पत्रकारितामा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले शाखाले सो पुरस्कारको स्थापना गरेको हो । हरेक वर्ष प्रदान गरिने सो पुरस्कारको राशी ५०२ पाउण्ड र प्रमाणपत्र रहेको छ ।
यसअघि सो पुरस्कार श्रीभक्त खनाल, नविन पोखरेल र खेमराज रानाभाटले पाइसक्नुभएको छ ।
पुरस्कार शाखाको आइतबार अल्डरसटमा आयोजित १२ औँ वार्षिकोत्सवमा वितरण गरिने छ ।
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु
जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट