
लण्डन । पाँच वर्षअघि विश्वकै सबैभन्दा धेरै सदस्य रहेको गैरआवासीय नेपाली संघ युकेमा संस्थाभित्रको विभाजनको गम्भीर असर सदस्य संख्यामा देखिएको छ ।
एनआरएनए अन्तर्राष्ट्रिय समितिबाट मान्यता पाएको समितिले आह्वान गरेको सदस्यता लिने अन्तिम मिति (२३ जुन मध्यरात) भित्र करिब ४ हजारले मात्र सदस्यता लिएका छन् । जुन बेलायतको कुल नेपालीको आधिकारिक जनसंख्याको करिब ४ प्रतिशत मात्र हो भने गत निर्वाचनमा सदस्यता लिएकाहरु सदस्यहरुको संख्याको करिब एक तिहाइ मात्र हो ।
स्मरण रहोस्, सन् २०२१ मा बेलायतमा सम्पन्न राष्ट्रिय जनगणनाले इङ्ल्याण्ड र वेल्स राज्यमा करिब १ लाख ४ हजार नेपाली रहेको देखाएको थियो । स्कटल्याण्डको भने हालसम्म तथ्यांक सार्वजनिक भइसकेको छैन ।
एनआरएन युकेको गत निर्वाचनमा करिब ११ हजार मतदाता रहेका थिए । त्यसअघि सन् २०१९ मा भएको निर्वाचनमा १३ हजार ६६९ मतदाता रहेका थिए । त्यतिबेला एनआरएनए युके विश्वभरिमै सबैभन्दा धेरै सदस्य भएको राष्ट्रिय समिति बनेको थियो ।
खड्का समूहले सार्वजनिक गरेको तथ्यांकअनुसार ४ हजार १३५ सदस्यको आवेदन स्वीकृत भएको छ भने २८७ जनाको आवेदन मुल्तवीमा राखिएको छ ।
खड्काले आफैँले भने ४ हजार सदस्य बन्नुलाई ‘संस्थाको पुनर्जन्म’ को दाबी गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै कार्यसमितिको सहयोग र बेलायतस्थित नेपाली समुदायले दिएको माया ममताले कोमामा रहेको गैरआवासीय नेपाली संघ युकेको पुनर्जन्म भएको बताएका छन् । संस्थामा पहिलो पटक लागू भएको ‘फेसभेरिफिकेशन सिस्टम’ सफल भएको उनको जिकिर छ ।
उता गत निर्वाचनबाट विजयी अध्यक्ष प्रेम गाहामगरको नेतृत्वमा रहेको एनआरएनए युके राष्ट्रिय समितिले भने अलग्गै सदस्यता आह्वान गरेको छ । निशुल्क सदस्यता दिने घोषणा गरेको सो समितिले आगामी जुलाई १५ सम्म सदस्यताका लागि आवेदन दिन सकिने बताएको छ ।
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु
जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई