
लण्डन । मुद्रास्फितिको चरम शिकार बनिरहेको बेलायतमा केन्द्रीय बैँकले पुन ब्याजदर बढाएको छ ।
बैँक अफ इङ्ल्याण्डको मौद्रिक नीति समितिको विहीबार बसेको बैठकले बहुमतको निर्णयका आधारमा शुन्य दशमलब ५ प्रतिशत ब्याज दर बढाउने निर्णय गरेको हो । समितिका नौ जनामध्ये सात जनाले ब्याजदर बढाउने र दुई जनाले नबढाउने मत राखेका थिए ।
बैँकले तोकेको न्यूनतम ब्याजदर अब ५ प्रतिशत पुगेको छ । नयाँ ब्याजदर सन् २००८ यताको सबैभन्दा उच्च हो ।
बैँकले लगातार तेह्रौँपटक ब्याजदर बढाएसँगै बेलायतमा मोर्गेज बजारमा भने हलचल मच्चिन लागेको छ । अहिले बैँकहरूले अस्थिर बजारका कारण कतपय अफरहरू पनि रद्द गरेका छन् । प्रतिपक्षी लेबर पार्टीले मोर्गेज लिनेहरूलाई परेको मर्कालाई सम्बोधन गर्न सरकारलाई माग गरेको छ ।
बैँकका गभर्नर आन्ड्रयू बेलीले ब्याजदर बढाउने निर्णय कठिन भए पनि गर्नै पर्ने बाध्यात्मक अवस्था भएको बताउनुभयो । अहिले यो निर्णय नलिए पछि झनै गाह्रो अवस्था आउन सक्ने उनले संकेत गरेका छन् ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण