
लण्डन । बेलायतको बेजिंगस्टकस्थित बेजिंगस्टक मल्टि कल्चरल फोरमले संसारका विभिन्न देशहरुबाट आएर बेजिङस्टकमा बसोबासरत समुदायको परम्परागत संस्कृति प्रदर्शन गर्न विश्व मेलाको आयोजना गरेको छ ।
गत शनिबार स्थानीय इस्ट्रप पार्कमा आयोजना गरेको सो मेलामा २७ देशका ७५ वटा संस्थाहरुले सहभागिता जनाएका थिए ।
सो मेलामा सबै समुदायले आ-आफ्नो समुदायको सांस्कृतिक झलक, नृत्य प्रदर्शन गरेका थिए। बिहान १० बजेदेखि शुरु भएको सो कार्यक्रमको शुरुमा आ-आफ्नो देशका राष्ट्रिय एवम जातीय पोशाक लगाएका समूहले स्थानीय सांसद मारिया मिलर, नेपाली राजदुतावास बेलायतका उपनियोग प्रमुख रोशन खनाल, बेजिंगस्टक तथा डिन काउन्सिलका मेयर डेभिड लिक, काउन्सिल लिडर डा पल हार्भे, काउन्सिलरहरुसहित भएर साँस्कृतिक परेडमा भाग लिएको थियो ।
परेड पछि भएको सांस्कृतिक कार्यक्रममा विभिन्न देशबाट आएका स्थानीय समुदायको तर्फबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए। सो अवसरमा बेजिंगस्टक स्थित बेजिंगस्टक नेपाली समुदायको तर्फबाट नेपालका लिम्बू जातिको धान नाचसहित ‘माथि माथि सैलुंगे’मा भन्ने गीतमा नाच पनि प्रस्तुत गरिएको थियो। नेपाली कलाकारहरुले लगाएको लिम्बू जातिको पहिरनको बारेमा धेरै बेलायती र अन्य देशका स्थानीयबासीले चासो राखेका थिए।
स्थानीय काउन्सिलका अनुसार कोभिडको कारण तीन वर्षसम्म रोकिएको विश्व मेला यसपटक ७ वटा कार पार्कमा ३०० वटा गाडीहरु इन्ट्री गरिएको थियो । मेलामा ३ हजारभन्दा बढी मानिसको उपस्थिति रहेको थियो ।
सो मेलालाई सम्बोधन गर्दै नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनालले संसारका विभिन्न देशहरुबाट बेलायत आएर बसोबास गर्ने स्थानीयबासीहरुले एकापसमा सहकार्य गर्दै आ-आफ्नो देशको संस्कृति र परम्परा जोगाउन गरेको प्रयास सह्राहनीय रहेको भन्दै त्यसको लागि स्थानीय काउन्सिल तथा मेयरको भूमिकाको प्रशंसा गरेकी थिइन्।
कार्यक्रममा उपस्थित पाहुना एवम् आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गरेका संस्था तथा व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्दै फोरमका अध्यक्ष श्रेष्ठले आफ्नो मौलिक संस्कृति भनेको नै आफ्नो समुदाय र देशको पहिचान भएको हुँदा एक्लैभन्दा पनि मिलेर सहकार्य गर्दा अझ सामूहिक सफलता पाउने भएकोले स्थानीय सरकारसंग मिलेर अन्तर्राष्ट्रिय सांस्कृतिक अभियान चलाएको बताए ।
यस मेलाको आयोजक संस्थाका अध्यक्ष शिवजी श्रेष्ठ हुन् । १८ वर्षदेखि बेलायतमा बस्दै आएका नेपाल प्रहरीका पूर्व अधिकृत श्रेष्ठ हाल सो फोरमका अध्यक्ष छन्।
यसअघि क्यारेबियन, नाइजेरियन र भारतीयले सो फोरमको नेतृत्व गरेकोमा पहिलो पटक नेपालीले नेतृत्व गर्ने अवसर पाएका छन् । फोरममा अफ्रिकन, एसियन, युरोपियन, क्यारेबियन, अरेबिक समुदायका ७५ वटा संस्थाहरुको आवद्ध रहेको छ । फोरमले काउन्सिल, राष्ट्रिय स्वास्थ्य सेवा, प्रहरी, सांसद समेतको सहकार्यमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । कोभिड प्रकोपको बेला अस्पतालका डाक्टर, नर्स, अन्य कर्मचारीहरु, दमकल, एम्बुलेन्स, प्रहरी तथा घरबारबिहीनहरुलाई खाना खुवाउनुका साथै टर्की, सिरियामा गएको भुकम्पमा राहत पठाउने, सुडान, सोमालिया, अफगानिस्तान, युक्रेन लगायतका मुलुकबाट आएका शरणार्थीहरुलाई सहयोग गर्ने गरिएको फोरमका अध्यक्ष श्रेष्ठले बताए ।


एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
बेलायतमा ईष्ट लन्डन महिला कम्युनिटीले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनायो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खस्योः आयोग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : कुन दलले कति सिट जिते ?