
लण्डन । बेलायतमा आज स्थानीय चुनाव हुँदैछ ।
करिब २३० वटा काउन्सिलमा ८ हजारभन्दा बढी काउन्सिलरहरु र चार मेयरहरुका लागि आजको चुनावले भाग्यको फैसला गर्नेछ।
मतदान गर्दा परिचय पत्रको व्यवस्था पहिलोपटक गरिएको छ । यसअघि मतदान गर्न जाँदा केही देखाउनुपर्ने थिएन । आजको निर्वाचनपछि भने पासपोर्ट, सवारीचालक अनुमति पत्र लगायतको परिचय पत्र देखाउनु पर्नेछ ।
बेलायतमा हरेक वर्षको मे महिनाको पहिलो विहीबार स्थानीय चुनाव हुने गरेको छ ।
आउने साल बेलायतमा आमचुनाव हुने भएकाले यसपटकको स्थानीय निर्वाचन चासोको विषय बनेको छ । सत्तारुढ कन्जरभेटिभ पार्टीले जितेका काउन्सिल गुमाउने र प्रतिपक्षी लेबरले थप काउन्सिल जित्ने आँकलन गरिएको छ । यस्तै लिबरल डेमोक्रयाट र ग्रीनले पनि थप काउन्सिलर जित्ने प्रक्षेपण गरिएको छ ।
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम