
लन्डन । एनआरएनए यूकेले गत ३० अप्रिल आइतबार गरेको निशुल्क स्वास्थ्य शिविरबाट ५६ जना लाभान्वित भएका छन् ।
अल्डरसटस्थित आफ्नै कार्यालयमा दिउसो २ देखि ४ बजेसम्म भएको उक्त शिविरमा ब्लड प्रेसर, ब्लड सुगर, उचाईं तथा तौल जांच, मानसिक स्वास्थ्य, पोषण, लागूऔषध तथा अल्कोहल लत छुटाउन परामर्श एवं समग्र स्वास्थ्य अवस्थाबारे सुझाव सल्लाह दिइएको कार्यक्रम संयोजक डा. विशाल गुरुङले जनाए ।
शिविरमा सहभागी भएका मानिसलाई चिकित्सक तथा नर्सहरुबाट जांच तथा परामर्श दिइएको थियो । डा. गुरुङले उच्च र कम ब्लड प्रेसर तथा ब्लड सुगरबारे परामर्श दिएका थिए ।
शिविरमा मानसिक स्वास्थ्य सम्बन्धी व्यावसायिक एनएचएस नर्स सुष्मा गुरुङले जानकारी दिंदै अन्तरक्रिया गरेकी थिइन् । उनी रसमोर बरोमा आफ्नो सामाजिक कार्यका कारण लोकप्रिय छिन् ।
त्यसैगरी, रसमोर हेल्दी लिभिङमा कार्यरत डाइटिसिएन तथा पोषणविज्ञ धिरज घले, जिआरएनसीमा विभिन्न प्रोजेक्ट चलाउने सोसल प्रिस्क्राइबर सुशीला मगर र लागू औषध र मदिरा नियन्त्रण सम्बन्धी काम गर्ने सोइग्नाले आ-आफ्नो क्षेत्रको दक्षता प्रस्तुत गरेका थिए ।
सामाजिक अभियन्ता तथा जीआरएनसी सल्लाहकार डमर घलेले प्रशासनिक काममा सघाएका थिए।
एनआरएनए यूकेले अंग्रेजी भाषा समस्या भएका वृद्धवृद्धाहरुलाई लक्षित गर्दै प्रत्येक महिनाको अन्तिम आइतबार निशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आउंदो २८ मेका दिन गोर्खा कपमा अल्डरसटस्थित क्वीन्स एभिन्यूमा स्थानीय एनएचएससंगको सहकार्यमा स्वास्थ्य शिविर हुन लागेको जानकारी दिंदै त्यसबाट लाभ लिन अपिल गरेका छन् ।
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम